Logo

आदिवासी युवा महिला सशक्तिकरण सम्पन्न


-मान्सुङ चाम्लिङ
ग्रामिण आदिवासी जनजाति महिला युवाहरुलाई लक्षित गरेर महिला सशक्तिकरण प्रक्षिण सम्पन्न भएको छ । आदिवासी जनजाति महिला युवा सञ्जालको आयोजनामा ओमेन फोरुम एशियाको सहकार्यमा उक्त प्रशिक्षण सम्पन्न भएको हो । स्थानिय युवा महिलाहरुको सञ्जालले व्यवस्थापन गरेको उक्त कार्यक्रममा नेपालको संविधान २०७२ अनुसार महिला अधिकारहरुको बारेमा, सरकारी निकायहरुमा भएको महिलाहरुको लागी छुटिएको बजेट, स्रोतसाधन बारेमा प्रशिक्षित गरेका थिए । यसै गरी अन्तराष्टिय« महिला अधिकार सम्बन्धि महिला विरुद्ध हुने भेदभाव उन्मुलन गर्ने समिति तथा त्यस समितिले दिएको अधिकारहरु, कानुनहरुको बारेमा प्रशिक्षण दिएका थिए ।

प्रशिक्षकको रुपमा मान्सुङ चाम्लिङ तथा सञ्जालको अध्यक्ष रिसा श्रेष्ठले दिनु भएको थियो । विशेष गरी तामाङ आदिवासी महिला युवाहरुलाई लक्षित गरिएको कार्यक्रममा ३० बढी सहभागीहरु रहेका थिए । हेटौंडा उपमहानगरपालीका वडा नं.१५, १६ र १७ का महिलाहरु सहभागीता रहेका थिए । प्रशिक्षण कार्यक्रममा राज्यबाट दिएको स्रोत साधनहरु जबसम्म महिलाहरुले दाबी गर्दैनन् तबसम्म महिला लक्षित स्रोतहरु नपुग्ने अवगत गराएका थिए । राज्यको संविधानले दिएको हरेक स्थानमा ३३ प्रतिशत महिला सहभागीतम त्यसै गरी राज्यको प्रमुख पदहरु राष्ट्रपति र उपराष्ट्रपति मध्ये एक पद अनिवार्य तर यदी राष्ट्रपति महिला भएमा उपराष्ट्रपति पनि महिला हुन सक्ने प्राव्धान रहेको छ ।

साथै सभामुख तथा उपसभामुख, प्रदेशको प्रमुख र उपप्रमुख, महानगरपालीका, उपमहानगरपालीका, नगरपालीका तथा गाउँपालीकामा पनि सोही बमोजिमको नियम कानुन रहेको र प्रथम चरणको निर्वाचनमा सोही किसिमले कार्यान्वयन भएको प्रशिक्षित गराए । यसको साथै स्थानि वडा स्तरमा ४ जना सदस्यहरु मध्ये एकजना दलित र एकजना महिला अनिवार्य हुनुपर्ने प्राव्धान भएको हुनाले यस प्राव्धानले महिलाहरुलाई राज्य सम्यन्त्रमा समावेशी रुपमा सहभागीता हुन सहज भएका प्रशिक्षि गराएका थिए ।

प्रशिक्षणमा रहेका महिलाहरुले आफुमा केही सिपको क्षमता भएता पनि सरकारी निकायहरुमा तथा अन्य निकायहरुमा बोल्न नसकेको कारण आफ्नो क्षमता नभएकोले सिपलाई सदुपयोग गर्न नसकेको बताए । यसैगरी उनीहरुलाई बोल्न सक्ने किसिमको तालिमको आवश्यकता परेका बताएका थिए । यसकारण उक्त सहभागी महिलाहरुलाई लक्षित गरेर यही वैशाख महिना भित्रमा एङकोरिङ तालिम सञ्चालन गरिने स्थानिय सञ्जालका अध्यक्ष निर्मला घलानले बताइन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्