Logo

प्रदेश १ को नामाकरण वैशाखमा र वृद्धभत्ता उत्साहजनक बृद्धि हुन्छ : मुख्यमन्त्री राई


जेठ १५ मा आउने संघीय सरकारको बजेटमा सामाजिक सुरक्षा भत्तामा उत्साहजनक वृद्धि हुने बताउँदै ५ वर्षे आफूहरुको कार्यकालभित्र चुनावी घोषणापत्रमा वाचा गरे अनुसार वृद्धभत्ता ५ हजार पु¥याउने उनले प्रतिवद्धता जनाए ।  प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले हिजो संविधान मान्दैनौ भन्दै जलाउनेहरु आज एउटै थलोमा आइसकेकाले सबै पक्ष देशको सम्वृद्धि, विकास र खुशीको युग मा एकढिक्का भएको बताएका छन् ।

भोजपुरको गौरवको योजना मानिएको भोजपुर सदरमुकामदेखि एयरपोर्ट जोड्ने सडकको कालोपत्रे गर्ने कामको शिलान्यास गर्न गृह जिल्ला आइपुगेका मुख्यमन्त्री राईले संविधानप्रति असन्तुष्टि जनाउनेहरु, छुट्टै मधेश राज्यको माग गर्नेहरु आज सहमतिको बाटोमा आइसकेकाले अब उपलब्धीका दिन शुरु भएको बताउँदै  संघीयताको संरचनाले गाउँलाई नै अधिकार सम्पन्न बनाएर गाउँमै रोजगार दिने, विकास गर्ने लगायतका काममा राज्य लागेकाले अब कसैले निराश हुनुपर्ने विषय नरहेको मुख्यमन्त्रीको भनाइ थियो ।

लुकमा नयाँ व्यवस्थाको शुरुवातीको पहिलो वर्ष अनुभव गर्दा गर्दै वितेकाले यो वर्षदेखि दु्रत गतीमा प्रदेश सरकारको काम अघि बढ्ने मुख्यमन्त्रीले बताए । उनले भने ‘अझै प्रदेश सरकार र स्थानीय तहबीचका केहि सम्बन्धलाई हामीले कानुनी रुपमा स्पष्ट पार्न बाँकी छ त्यसलाई यो वर्षभित्र पुरा गर्छौ ।’ प्रदेशलाई सम्वृद्ध र नमुना प्रदेश बनाउन दीर्घकालीन कार्ययोजना बनिरहेको भन्दै त्यसलाई छिट्टै सार्वजनिक गर्ने उनको भनाइ छ ।

प्रदेश १ को नामाकरण वैशाखमा-मुख्यमन्त्री राई : प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले आवश्यक कानून र संरचना तयार हुन नसक्दा तीन तहका सरकारले जनअपेक्षाअनुरुप काम गर्न नसकेको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको अन्तक्रिया उनले प्रदेश सरकार गठन भएको एक वर्षसम्मको अवधि अनुभवको वर्ष भएको बताए ।

‘अबको वर्ष संघीयताको जग निमार्णको वर्ष हो’, उनले भने । मुख्यमन्त्री राईले संघीयता सहजीकरण कार्ययोजना केन्द्रका मन्त्री र सचिवले कार्यान्वयन हुन नदिएको बताए ।उनले अन्तरप्रदेश परिषद् बैठकले निर्णय गरेका २९ बुँदे संघीयता सहजीकरण कार्ययोजना हुन सके प्रदेश सरकारले सहज र तीव्र गतिमा काम गर्ने बताए । प्रदेशको राजधानीको नामकरण र राजधानीको विषय विगतका समयमा केन्द्रले टुङ्ग्याउन नसक्दा प्रदेशको थाप्लोमा भार थोपर्दा विलम्ब भएको उनको भनाइ थियो ।

‘प्रदेश १ को नामकरण र राजधानीको विषय आगामी वैशाखमा टुंगो लाग्छ’, मुख्यमन्त्री राईले भने। पर्याप्त स्रोतसाधन नहुँदा स्थानीय तहमा गठन भएको न्यायिक समितिले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको उनले धारणा राखे ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्