Logo

कोलकता नाईट राइडर्स र सनराइजर्स हैदरावाद बिच कडा खेल


एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ३८ औं खेलमा कोलकता नाईट राइडर्सले सनराइजर्स हैदरावादलाई १ सय ६० रनको लक्ष्य दिएको छ ।

हैदरावादको घरेलु मैदान राजिभ गान्धी इन्टरनेशनल स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५९ रन बनायो । कोलकताका ओपनर क्रिस लीनले ४७ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ५१ रनको योगदान दिए ।

त्यस्तै अर्का ओपनर सुनिल नारायणले ८ बलमा २ छक्का र ३ चौका प्रहार गर्दै २५ रन बटुल्दै राम्रो सुरुवात दिलाएका थिए । तर मिडिल अडरका सुभमन गिल ३,नितेश राना ११,दिनेश कार्तिक ६ र रिन्कु सिंह ३० रनमा आउट भएपछि सस्तैमा समेटिएको हो ।

यसअघिका खेलमा विश्फोटक ब्याटिङ गर्दै आएका आन्द्रे रसेलले आज ९ बलमा २ छक्का सहित १५ रनमा आउट भए । हैदरावादका लागि खलील अहमदले ४ ओभरमा ३३ रन खर्चेर ३,भुवनेश्वर कुमार २ र सन्दीप शर्मा र राशिद खानले १-१ विकेट लिए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्