Logo

विचार र सिद्धान्तविनाको पनि कम्युनिष्ट पार्टी हुन्छ ?-अष्टलक्ष्मी शाक्य


पछिल्लो समय पार्टीमा विचार र सिद्धान्तका बारेमा छलफल र बहस हुन छोडेको इञ्चार्ज शाक्यको भनाई थियो ।‘पछिल्लो समय पार्टीमा विचार र सिद्धान्तमा छलफल र बहस हुन छाडेको छ । विचार र सिद्धान्तविनाको पनि कम्युनिष्ट पार्टी हुन्छ ? आक्रोश मिश्रित प्रश्न गर्दै इञ्चार्ज शाक्यले भनिन्, ‘विचार र सिद्धान्तबारेमा पार्टीमा अन्य कुराको विवाद छैन, पार्टी तथा सरकारको कुनै पदमा मेरो मान्छे परेकी परेन् भन्नेमा विवाद छ । कम्युनिष्ट पार्टीमा पनि यस्तो कुरा कहाँबाट आयो ।’

उनको आक्रोश यतिमै रोकिएन । पार्टीमा विधान प्रधान नभएर नेता प्रधान बन्दै गएको उनको आरोप थियो । फरक प्रसंगमा इन्चार्ज शाक्यले मुलुकभर कम्युनिष्ट नेताहरुले सरकार सञ्चालन गरेको तर शासन शैली भने फेरिन नसकेकोप्रति चिन्ता व्यक्त गरिन् । उनले भनिन्, ‘एकतालाई अन्तिम रुप दिने जस्तो कुरामा केन्द्रीय कमिटीमै छलफल र विमर्श गर्दा राम्रो हुन्थ्यो । त्यो सम्भव नहोला । स्थायी कमिटी बैठक त राख्न सकिन्छ होला नि ? दुई–चार जना नेताहरुको मनमौजीले निर्णय गर्नु ठिक हुँदैन । यसमा पार्टी नेतृत्वले बुझ्नुपर्छ ।’

‘संघीय सरकार कम्युनिष्ट पार्टी कै छ । ६ प्रदेशमा पनि कम्युनिष्ट पार्टीले सरकार सञ्चालन गरिरहेको छ । सस्थानीय तहमा पनि कम्युनिष्ट सरकारको बर्चस्व छ । तर जनताले राहतको महसुस गर्नु सकेका छैनन्,’ उनले भनिन्, ‘हामीमा परानै शासन शैलीको धङधङगी बाँकी गरेको देखियो । सामन्ती चिन्तन, शैली र व्यवहार अझै बाँकी रहेको देखियो । यस्तो निरंकु शैलीलाई बढवा दिनु हुँदैन ।’

यस्तै उनले कम्युनिष्ट नेताहरुमा बढ्दो तामझामका कारण जनताले प्रश्न गर्न थालेको बताइन् । ‘म सर्वसाधरणसँग यात्रा गर्छु । मलाई उनीहरुले प्रश्न गर्छन् । कम्युनिष्ट नेताहरुले सडक नै खालि गराएर जनताललाई किन दुःख दिन्छन् ? कम्युनिष्ट पनि यस्ता हुन्छर भनेर सोध्छन् । मैले के जवाफ दिने ? यस विषयमा पार्टीमा गम्भीर छलफल हुन जरुरी छ । हाम्रो व्यवहारमा परिवर्तन ल्याउने कि नल्याउने ?’ इञ्चार्ज शाक्यको प्रश्न थियो ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले सचिवालयले पार्टी एकताको अन्तिम टुंगो लागेपछि स्थायी कमिटीबाट अनुमोदन गराउन माग गरेकी छन्  ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्