Logo

गोधूलि साहित्य प्रतिष्ठानद्वारा बैरागी काइँला र सरित् लगायत नौ जना श्रष्टा सम्मानित


काठमाडौं । गोधूलि साहित्य प्रतिष्ठानको ८ औं वार्षिकोत्सव, सम्मान अभिनन्दन समर्पण तथा भिक्तेपात्रो लोकार्पण कार्यक्रम शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ । संस्थाका विशिष्ठ सदस्य पशुपति गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्य र समाजसेवा क्षेत्रका तीन विशिष्ठ व्यक्तित्वहरुलाई अभिनन्दन गरियो भने ९ जना स्रष्टाहरुलाई सम्मान गरिएको छ ।

कार्यक्रममा पूर्व कुलपति नेपाल प्रज्ञा प्रतिष्ठानका तीलविक्रम नेम्वाङ (बैरागी काईला), वरिष्ठ समाजसेवी विजय बहादुर माली र कलाकार तथा समाजसेवी उर्मिला उपाध्याय गर्गलाई अभिनन्दन गरियो । त्यस्तै वरिष्ठ साहित्यकार इन्द्रकुमार श्रेष्ठ ‘सरित’, समाजसेवी तथा साहित्यकार सुना भण्डारी, समाजसेवी विष्णु पोखरेल, डम्बर बहादुर विश्वकर्मा, साहित्यकार हरिप्रसाद उप्रेती, देवकी अभिलाषी, गायक सन्तोष तामाङ, समाजसेवी प्रशान्तमान सिंह मास्के र संस्थाका आजीवन सदस्य शिरिष मानन्धरलाई अभिनन्दन एवम् सम्मान गरियो ।

सम्मानित तथा अभिनन्दित प्रतिभाहरुलाई प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बरिष्ठ साहित्यकार तील बिक्रम नेम्वाङ (बैरागी काईला)ले अभिनन्दन तथा सम्मान पत्र प्रदान गरेका थिए । प्रतिष्ठानले प्रकाशित गरेको २०७६ सालको वार्षिक भित्ते पात्रो लोकार्पणगर्दै प्रमुख अतिथि बैरागी काइँलाले संस्थाले अनुकरणीय कार्य गरेको बताए ।

कार्यक्रममा अभिनन्दित एवम् सम्मानित श्रष्टाहरुको तर्फबाट साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरितले आफ्नो मन्तब्य राखेका थिए . समाजसेवी तथा साहित्यकार सुश्री भद्रकुमारी घलेले प्रतिष्ठानका अध्यक्ष प्रकाश समीरको एक्लो प्रयासले गोधूलि साहित्य प्रतिष्ठानले यो उचाई प्राप्त गर्न सफल भएको बताईन । त्यस्तै सभापति पशुपति गुरुङले भाषा, साहित्यको विकासले राष्ट्रलाई समृद्धिको मार्गमा अगाडि लैजाने विचार व्यक्त गरिन । संस्थाका अध्यक्ष प्रकाश समीरले संचालन गरेको कार्यक्रममा संस्थाका संरक्षक सदस्य रामभक्त खनालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्