Logo

भोलि नाम घोषणा : अब एकता टुंगियो-दाहाल


राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा प्रचण्डले दुई जना कमरेडलाई दिनभर तयारी बैठक गर्न निर्देशन दिइएको बताए। उनले दुई जनाको नाम भने लिएनन्।

यसअघि आजै बिहान प्रधानमन्त्री तथा नेकपा अध्यक्ष  केपी शर्मा ओली, दाहाल,बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेललेबीच बालुवाटारमा छलफल भएको थियो। दाहालले भोलि नै जिल्ला संगठन र जनसंगठनको नेतृत्व घोषणा हुने बताए। उनले नेतृत्व चयनमा अनुहार नहेरिने बताए।

‘अनुहार हेरेर मूल्याङ्कन गर्ने अवस्था छैन। सिद्धान्त तोकेर निर्णय गर्छौं,’ दाहालले भने,‘अब एकता टुंगियो।  पार्टी केन्द्रको तर्फबाट कार्यक्रम राखेका छौं। सचिवालय बैठकको निर्णयको भोलि घोषणा हुनेछ। दुई अध्यक्षबाट सम्बोधन गर्ने कार्यक्रम छ।’ उनले पार्टीको विधानमा समेत विगतमा बनेको कार्यदलले दिएको प्रतिवेदन अनुसार पूनरावलोकन गर्ने बताए।

‘विधानमा रिभ्यु गरेर छिट्टै छाप्ने तयारी गरेका छौँ,’ दाहालले भने, ‘विधानलाई अन्तिम रुप दिइएको छ।’ दाहालले तीन महिनामा सक्ने भनिएको एकता ११ महिना पुग्दा समेत नसकिएको बताए। ‘एकताको बाँकी काम अन्तत गरेरै छाड्ने ठाउँमा आइपुगेका छौं,’ उनले भने।

एकता प्रक्रिया टुङ्ग्याउन नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आइतबार साँझ बस्ने भएको छ। अध्यक्ष पुष्पकमल दाहालका अनुसार आज साँझ ६ बजेका लागि सचिवालय बैठक डाकिएको छ। त्यसअघि साँझ ५ बजे दुई अध्यक्ष बसेर छलफल गर्ने दाहालले बताए।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्