Logo

गायिका मेनुका राईसँग कोरियमा साकेला बृहत गर्ने


किरात राई यायोक्खा बुसानले मे १९ मा साकेला मनाउने भएको छ । यस पटक गायिका मेनुका राईको प्रस्तुती हुनेछ । किरात राई यायोक्खा बुसान, दक्षिण कोरियाले यहीँ आउने मे १९ तारिकका दिन बुसानमा भव्य रुपमा साकेला मनाउने भएको छ। सम्पूर्ण किरात समुदायको उभौली चाड आगमी मे १८ (जेठ ४) देखि सुरु हुने भएको हुनाले किराया बुसानले पनि सार्वजनिक विदाको अवसर पारेर मे १९ तारिक आईतबार साकेला उभौली मनाउने तिब्र तयारी गरिरहेको छ ।

प्रवासी भुमि दक्षिण कोरियामा छरिएर रहेका सम्पूर्ण राई समुदायलाई एकिकृत गर्दै किरात राईहरुको कला, भाषा, संस्कार , संस्कृतिको संरक्षण , विकास, प्रवर्धन र विश्वव्यापिकरणमा जोड दिने उदेश्यले हरेक साल मनाउँदै आईरहेको साकेलामा यस पटक नेपालबाट राष्ट्रिय कलाकार गायिका मेनुका राई लाई ल्याइने कुराको जानकारी समितिका महासचिब तगेन्द्र राईले जानकारी गराउनुभएको छ ।

त्यस्तैगरि किरात राईहरुको आफ्नै मौलिक चाड साकेलालाई उक्त दिन भव्य रुपमा सम्पन्न गर्न यस क्षेत्रमा रहनुभएका अग्रज बुद्दिजिवि , अन्य विभिन्न संघसंस्था, पत्रकार, व्यावसायि, विध्यार्थी लागायत सम्पूर्णलाई सहयोगका लागि सकारात्मक भुमिका र समर्थनको अपेक्षा पनि गरिएको छ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्