Logo

अब विश्व बैंकको पैशा चलाउनेले आदिवासीको अधिकार अनिवार्य सम्मान गर्नुपर्ने


शंकर लिम्बु

विश्व बैंकको नयाँ वातावरण तथा सामाजिक नीति–२०१८ अनुसार विश्व बैकसंग पैशा लिने चाहने देशमा यदि आदिवासी छन् भने अनिवार्यरुपमा आदिवासीहरुको अधिकार सम्मान गर्नुुपर्दछ । यसमा उनीहरुको भूमि तथा स्रोत सम्बन्धी अधिकार, परार्मश र सहभागिताको अधिकार तथा अग्रिम स्वतन्त्र मञ्जूरीको अधिकार पालता तथा विश्व बैंको लगानीबाट लाभ प्राप्त हुने सुनिश्चत गर्नुपर्नेृछ ।

विश्व बैंकको लक्ष्य “गरिबी निवारण र समृद्धिको साझेदारी ” को हिस्सेदार आदिवासीलाई कसरी बनाउन सकिन्छ भन्ने विषयमा हालै दुई दिन बिश्व बंैंकको मुख्यालय वाशिंटन डि.सी. उच्च स्तरिय छलफल भएको छ । विश्व बैकको लगानी भएका धेरै देशहरुमा आदिवासीहरुलाई नकारात्मक प्रभाव पारेको विषय बेला–बेलामा गम्भीर रुपमा उठ्ने गर्छ ।

फेरि उसको उजूरी गर्ने संयन्त्रमा मुद्दा पर्दा मुद्दा छिनोफानो गर्न उसलाई मिलियन डलर खर्च गर्नुपर्ने हुँदा त्यसतो नहोस् भन्ने चाहाना पनि रहेछ । त्यसो भन्दै गर्दा लाहुर्निपले मुद्दा लगाएर विश्व बैकलाई निकै खर्च गराइएछ जस्तो लाग्यो । कानूनी गोली सही निशानामा परेछ । खिम्ति ढल्केबरको मुद्दामा । उक्त मुद्दामा सिंधुलाीका आदिवासी र स्थानीय समुदाय जसमा मगर, नेवाः तामाङ, दलित, बाहुन, क्षेत्री समुदायका मानिसहरुलाई अन्याय गरिएको थियो । ६ बर्षको अविरल लडाईँबाट धेरै पीडितहरुले धेरै क्षतिपूर्ति प्राप्त गरे र उनीहरुको विकासको योजना ल्याउन सरकार बाध्य भयो । लडाई अझै जारी छ ।

अझै पनि सरकार, सरकारका एजेन्सी, विश्व बैंक, एडिवि, इ आई वि जस–जसले आदिवासी र स्थानीय जनतालाई अन्याय गर्छ । लाहुर्र्निपमा सहयोग माग्न आएछ र मुद्दा सही रहेछ भने हाम्रौ समय र अनुकुलता मिलेछ भने न्याय दिलाउनलाई कुनै कसर बाँकी त राखिदैन । आखिर कानून पढेर वकिल भएकै न्याय दिलाउन लाई हो । नत्र त जागीर वा अन्य ब्यावसाय गरिहालिन्थ्यो नि । (शंकर लिम्बुको फेसबुकबाट)

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्