राज्य सञ्चालक प्रमुखको निर्देशन पालना गर्न तयार : भ्रष्ट जनप्रतिनीधिहरुलाई जुटको बोरा उपहार
-मा. सुरेश कुमार राई (हिमाल)
काठमाण्डौ-सत्तरी प्रतिशत नेपाली जनता कम्युनिष्ट भएर पनि विगत आधा दशक बढी अन्य राजनीतिक दल र अन्य व्यवस्थाले राज गर्दै आइरहेका थियो । यो ज्याँदै दुःखको कुरा हो । त्यही व्यवस्था र राजनीतिक दलहरुको सिको गर्दै प्रजातन्त्र देखी गणतान्त्रिक देश नेपाल भइसकेर नेपालको संविधान जारी भइ कार्यान्वयनको क्रममा तिब्र छ । संविधान कार्यान्वयनको क्रममा नेपाललाई समृद्धि तर्फ उन्मुख लैजान कम्यनिष्ट पार्टीहरु सहकार्य गर्दै संगठित भएर अगाडी बड्दै गर्दा पुरानै सिको गर्दै जनप्रतिनीधिहरु भ्रष्टचारको सिको गर्न थालेको सञ्चार माध्यमहरुले आवाज उठाइरहेका छन् । जनताको सेवा गर्न जनताद्धारा नै निर्वाचित भएर जनतालाई नै ठग्न यस्तो कु–कार्य गर्न हिम्मत गर्नु विडम्बनाको कुरा हो । दुईतिहाई सरकारका सम्माननिय प्रधानमन्त्रि भन्नुहुन्छ, “भ्रष्टचार गर्दिन, राज्यको कुनैपनि निकायहरुमा भ्रष्टचार गर्न, हुन नदिने प्रयास गर्छु” । यदी कोही कसैले भ्रष्टचार गर्न हिम्मत गर्छ भने उनीहरु राज्यमा नेपाली जनता भएर बस्न छुट छैन, यात उ वा उनीहरु अपराधी हुन वा दोषीहरु हुन्, त्यस्ता भ्रष्टचारीहरुलाई आजिवन कारावास सजाय दिंदा पनि कम नै सजाय हुन्छ ।
राज्य जनताद्धारा निर्मित स्वतन्त्र संप्रभुता भएको पृथक पहिचान हो । जनताद्धारा राज्य निर्माण भएकै कारण राज्य संञ्चालनमा पनि जनताहरुद्धारा नै राजस्व तिरेर शासन प्रणाली व्यवस्था सञ्चालन भएको हुन्छ । यसकारण राज्यले आफ्नो शासन प्रणाली सञ्चालन गर्नको लागी हरेक वाह् महिनाको लागी कार्ययोजना तयार गर्दै सोही बमोजिमको आर्थिक स्रोत व्यवस्थापन गरेको हुन्छ । यसकारण जनतालाई राजस्व तिर्न सवल र सक्षम बनाउनको लागी जनतालाई उद्यमशिल, उत्पादनशिल र ठोस हुने किसिमको व्यावसाय संञ्चालन गर्न सोही किसिमको नीति, योजना राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा व्यवस्थापन गर्न सकेमा मात्र राजस्वमा वृद्धि हुन सक्छ । यसकारण त्यस्तो किसिमको नीति र योजना तर्जुमा गर्नको लागी जननिर्वाचित जनप्रतिनीधिहरुले सही कार्य गर्नु सक्नु पर्दछ । यसको लागी जनप्रतिनीधिहरुमा समृद्ध नेपालको सकारात्मक परिकल्पना हुन आवश्यक छ । साथै सुशासनका संयन्त्रहरु पादर्शिता, जवाफदेहीता, उत्तरदायि, गुणात्मकता, दिर्घकालीन, दृधता हुन आवश्यक छ । जसलाई जनप्रतिनीधिहरु साथै राष्ट्र सेवक कर्मचारीहरु, राजनीतिज्ञ तथा नेताहरु, प्राविधिक विशेषज्ञ सचेत हुन आवश्यक छ ।
वास्तवमा हरेक समृद्धि र विकास सफल हुने वा नहुने भन्ने विषयसँग जोडिने कुरा त्यो नीति, कार्ययोजनामा भर पर्दछ । यसकारण देशको सबैभन्दा ठुलो कार्ययोजना आर्थिक वर्षको वार्षिक कार्ययोजना नै हुन्छ । यसकारण यसलाई सही योजना तयार गर्नको लागी सन्तुलीत कार्ययोजना र बजेट ल्याउन आवश्यक छ । यसले मात्र सबै नेपाली जनताहरु समान भएको महशुष गर्नेछन् । यसले मात्र देश र जनतालाई समृद्धको बाटोमा पुग्न एक पाइलाको सुरुवात गर्नेछ । अनि जनताको मेहनत र पसिनाबाट श्रृजित राज्य कोषलाई जनताको चाहना अनुसार योजना कार्यान्वन गर्न सकिन्छ । यस्ता कार्ययोजनाहरुलाई सही रुपमा कार्यान्वयन गर्न गराउन राज्यले सम्बन्धित निकायहरुको अनुगमन गर्न आवश्यक निकायहरु छन् । जसमा राष्ट्रिय सर्तकता केन्द्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राज्य व्यवस्था तथा सुशासन समिति आदि नियमन र अनुगमनकारी निकायहरु रहेका छन् ।
जनप्रतिनीधिहरुको अनुहारमा कालो मोसो र घाँटीमा जुत्ताको माला लगाएर सार्वजनिक स्थलमा घुमाउने पुरानै प्रचलन दोहोर्याउने भन्दा पनि हालै चलिरहेको नेपालको औद्योगिक केन्द्र बिराटनगरमा जुटमिलबाट उत्पादित जुटका बोरा ल्याउने काम मेरो हुनेछ । त्यस बोराई जनविरोधी भ्रष्टचारीहरुलाई के गर्ने भन्ने बारे जनताले सही सदुपयोग गर्नुपर्छ भनेर मैले जनसमूदायहरुमा दृढता पूर्वक अपिल गरेको छु ।
यी शक्तिशाली निकायहरुलाई राज्यव्यवस्थाका अधिकारीहरुले अनुगमन तथा निगरानी गर्ने र जनताहरुलाई व्यवस्थित बनाइदिने साधनको रुपमा प्रयोग हुँदै आएको छ । तर पनि यस्ता निकायहरुमा समेत खेलवाड हुँदै राज्यको कोष दुरुपयोग गर्दै निस्प्रभाव बनाउन प्रयास गरिएको पाइन्छ । यस्तो तथाकथित जनविरोधी उत्तराधिकारीहरुलाई जनताले नै उपयुक्त सजाय दिन सक्छ । अन्यथा आर्थिक प्रलोभनमा अन्य निकायहरुलाई छायाँमा पार्दै आएका अभ्यासहरु पाइन्छ । विगतलाई हेर्ने हो भने पञ्चायतकालको पछिल्लो काल देखी राजा सहितको बहुदलिय राज्यव्यवस्थामा नियमकानुन हातमा लिएर अख्तियार दुरुपयोग गर्ने भ्रष्टारी र जनबिरोधीहरुलाई अनुहारमा कालोमोसो र घाँटीमा जुत्ताचप्पलका माला लगाइदिएर सार्वजनिक रुपमा र सामाजिक रुपमा बहिस्कार गर्ने प्रचलन थियो । ती जनताहरु हुन् जो सिंगो राज्यव्यवस्था नै परिबर्तन गर्न सक्ने जनताको महान जनयुद्ध र जनआन्दोलनकारी शक्ति राज्यव्यवस्थाको केही अंशमा बाहेक समग्र नेतृत्वमा छ ।
नेपालको नयाँ संविधान कार्यान्वयन प्रक्रियामा तीनै तहको सरकारको संम्रचना, जनसरकारको अनुभुती, नयाँ पद्धती र व्यवस्थापनमा अगाडी बढीरहेको छ । तीन तहको सरकारबाट राज्यकोषलाई जनताको समृद्धि र लक्ष्य प्राप्त प्रति स्पष्ट रुपमा दिशाबोधहुँदै दिशा निर्देश हुनु नै जनयुद्ध र जनआन्दोलनको परिकल्पना प्राप्तीको दृढ प्रतिबद्धता हो । यदी जनताको मनोभावना माथि कोही जनप्रतिनीधिहरुले खेलवाड गर्न खोज्छ भने, त्यो जनयुद्धकालिन प्रतिवद्धता माथि घात गर्ने तीनै तहका जनबिरोधी, भ्रष्टचारीहरुलाई प्रचलित कानुन बमोजिम कठघरामा उभ्यान आवश्यक छ । त्यस्ता कानुनी कठघरामा उभ्याउने निकायहरुलाई पैसाको प्रलोभनमा पारेर अपराध गर्नेहरुलाई के गर्ने भन्ने बारेमा जनताहरुले आफ्नो मनोविज्ञानमा प्रश्न जमाई राखेका छन् । यसकारण जनयुद्ध तथा विगतमा भएको नेपाली जनताको अधिकार प्राप्तीको खातिर भएका सशस्त्र संर्घष, आन्दोलन र विद्रोहले सिंगो राज्यज्यजस्थालाई परिबर्तन गरी उक्त व्यवस्थालाई जनहित र जनआकांक्षा अनुरुप संञ्चालन गर्ने सामथ्र्य राख्दछ ।
यसकारण बर्तमान समय र परिस्थिति अनुसार नियम र कानुनलाई मिच्दै भ्रष्टचार र अपराधिक गतिविधि गर्ने तत्वहरुलाई सम्माननिय प्रधानमन्त्रिज्यूले दिनु भएको निर्देशन कार्यान्वयन गर्न जनताले सही ठानेका छन् । यस मानेमा म पनि एक जननिर्वाचित प्रतिनीधि भएको हैसियतले, प्रधानमन्त्रिको निर्देशन पालना गर्न र गराउन एक उत्साहित भएर हुबहु कार्यान्वयनमा कुनै कसुर नराख्ने प्रतिवद्धता गर्दछु । साथै जनस्तरमा उद्धभोषण पनि गरिसकेको छु की हामी जनप्रतिनीधिहरु जनताका सेवक हौं, जनताको हित र समृद्धिको बाटोमा अलिकति पनि बिचलित हुनेछैनौं । हामीले गरेको कम्जोरीको अन्तिम सजायदाता तपाई महान जनताहरु नै हुनुहुन्छ । राज्यकोषको स्रोत ब्रह्मलुट गरी जनहित विपरित क्रियाकलाप गर्ने जनहित विपरित क्रियाकलाप गर्ने राज्यका अधिकारीहरुलाइ नियमकानुनको कठ्घरामा उभ्याएर सजाय दिलाउने हरदम हरप्रयासका साथ दृढ भएर आफ्नो जिम्मेवारी भुमिका निभाउनेछु ।
यही कथम कदाचित निमय र निकायहरुलाई चुनौती दिंदै राज्यकोषको दुरुपयोग गरेर जनविरोधी कार्य जनप्रतिनीधिहरुले गर्ने हिम्मत गर्छन् भने त्यस्ता जनप्रतिनीधिहरुको अनुहारमा कालो मोसो र घाँटीमा जुत्ताको माला लगाएर सार्वजनिक स्थलमा घुमाउने पुरानै प्रचलन दोहोर्याउने भन्दा पनि हालै चलिरहेको नेपालको औद्योगिक केन्द्र बिराटनगरमा जुटमिलबाट उत्पादित जुटका बोरा ल्याउने काम मेरो हुनेछ । त्यस बोराई जनविरोधी भ्रष्टचारीहरुलाई के गर्ने भन्ने बारे जनताले सही सदुपयोग गर्नुपर्छ भनेर मैले जनसमूदायहरुमा दृढता पूर्वक अपिल गरेको छु ।
अतः राज्य सञ्चालक प्रमुखले दिएको निर्देशन पालना गर्नु हामी सबैको कर्तव्य हो । यसमा नै नेपाली जनता र नेपालको भविष्य समृद्धि तर्फ उन्मुख हुने सुनिश्चित छ ।