गायक केशव राईको पुर्वेली भाकामा ‘माया रानी’
काठमाडौं । नेपाली गीत संगीतको क्षेत्रमा पहिलो पटक किरात राईहरु मध्येको थुलुङ भाषामा गीत रेकर्ड गराएका गायक केशव राईको एकपछि अर्को गीतहरु बजारमा आईरेहेका छन् । निकै लामो समयको विश्रामपछि गीत संगीतमा आएका उनी अहिलेको पुर्वेली लोकगीतमा पुरै लहसिएका छन् ।
उनले ७५ सालभित्रै निकैवटा गतिहरु आफ्नो अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिसकेका छन् । सार्वजनीक भएका गीतहरु एकपछि अर्को उस्तैगरी चर्चामा रहेका छन् । यस्तै चर्चाको शिखरमा उकालिदै गरेको गति हो ‘माया रानी’ । पछिल्लो पुस्ताका प्रतिभावान गायक तथा संगीतकार जीबीहाङ राईको शब्द तथा संगीतमा रहेको यो गीत सार्वजनिक भएसँगै गायक केशव राई र गायीका सरु कोयु राई एक खुट्कीला माथी उक्लिएका छन् ।
०५१/०५२ बाट संगीतकर्ममा लागेका केशव बाध्यताले प्रवासमा गएपछि गुमनाम जस्तै भएका थिए । उसो त उनले ‘जुत्ता चाईनाको, पछ्यौरी मलमल’ जस्ता गीतहरु क्यासेटको जमनामा नै भ्याएकै हुन । तरपनि अहिलेको जस्तो समय नहुँदा ति गीतहरु चर्चामा खासै आएनन् । तर अहिले प्रविधीको विकाससँगै उनीमा समेत परिपक्वता समेत आएको छ ।
यहि परिपक्वताकाले उनलाई स्थापीत गायक रुपमा उभ्याउन थालेको छ । संगीतका साधक गायक तथा संगीतकार कृष्णभक्त राईको ऐरेन्ज रहेको गीत सेवा रेर्कडीङ स्टुडियोमा रेर्कड गरिएको हो । नपाली लोक गीतको बजारमा एउटा अनुपम उपहार जस्तो लाग्ने गरी ‘माया रानी’ गीतको लोकप्रियता बढ्दो छ । लोकगीत पारखीहरुका लागि निकै सरल र आनन्द लाग्ने गीत बनेको छ यो गीत । यस अघिको केशब राई र श्रेया चेम्जोङको स्वरमा रहेको ‘जुनेली माया’ समेत दर्शक श्रोताले निकै मनपराएको गीत हुन् ।
गीत सुन्न तलको लिङकमा जानुहोस ।