वामपन्थी सरकारको अग्रगामी बजेट ल्याउन सुझाव पेश
-मान्सुङ चाम्लिङ
हरेक वर्ष राज्यले ल्याउने आर्थिक वर्षबजेट, आर्थिक वर्षको समयअवधि छोटिन्दै जाँदा प्रदेश एकका नेकपा सचिब तथा प्रतिनीधि सभासदस्य माननिय सुरेश कुमार राई (हिमाल) को समन्वय तथा नेतृत्वमा प्रदेश एकका प्रतिनीधि सभा सांसदहरु वामपन्थी सरकारको आगामी आर्थिक वर्षको बजेट अग्रगामी, राष्ट्रिय नीति सकारात्मक र स्तरिय विकास निर्माण बारे सम्माननिय प्रधानमन्त्रि, माननिय अर्थ मन्त्रि, पूर्व सभामुखसँग छलफल भएको सचिव राईले बताए ।
उक्त छलफलमा प्रदेश एकका प्रतिनीधिसभा सदस्य माननियहरु लगायत उच्च नेतृत्वहरुको सहभागीता रहेको सचिव राईले बताए । आर्थिक नयाँवर्ष तयारी अवस्थाको अन्तिम अवस्था भएको हुनाले राज्यका जनप्रतिनीधिहरु, मन्त्रालय तथा प्रधानमन्त्रि कार्यालय कार्ययोजनामा व्यस्त छन् ।
अन्य वर्षहरु भन्दा सकारात्मक तथा अग्रसिल कार्ययोजना ल्याउनको लागी यसपटक फरक तरिकाले छलफल भइरहेको छ । छलफलको क्रममा हरेक निर्वाचन क्षेत्रका प्रतिनीधिसभा सांसदहरुले आ–आफ्नो क्षेत्रमा खानेपानी, यातायात, विद्युत, शिक्षा, स्वास्थ्य लगायतको विकास योजनाहरु तयार गरेर पेश गरेको सचिव राईले बताउनु भयो ।