Logo

कुलमानद्वारा बैशाख १९ गते हुने ट्रेड युनियन चुनावमा गाडी दिए कारबाही गर्ने चेतावनी


काठमाडौं, ५ बैशाख । नेपाल विद्युत प्राधिकरणमा आधिकारिक ट्रेड युनियनको चुनाव रौनक सुरु भएको छ । आगामी १९ वैशाखमा हुन लागेको चुनावमा नेकपा निकट राष्ट्रिय कर्मचारी युनियन र नेपाली कांग्रेस निकट कर्मचारी संघबिच मुख्य प्रतिश्पर्धा हुदैछ ।

यसैबीच प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुनावमा ट्रेड युनियलाई कार्यालयआयोजनाको गाडी प्रयोग नगर्न परिपत्रमार्फत कडा निर्देशन दिएका छन्। निर्देशन नमाने बिभागीय कारबाही गर्ने चेतावनीसमेत उनले दिएका छन् ।

कार्यकारी निर्देशक घिसिङद्वारा बिहीबार जारी परिपत्रमा भनिएको छ, ‘चुनावी प्रायोजनका लागि समान्वय सेवा विभागबाट उपलब्ध गराइएको सवारी साधनबाहेक त्यस निर्देशनालय र अन्तर्गतका कुनै पनि कार्यालयआयोजनाहरुबाट कुनै पनि सवारी साधन कुनै पनि ट्रेड युनियनलाई उपलब्ध नगराउने, निर्देशन विपरित काम कारबाही भए गरेको पाइएमा सम्बन्धितलाई विभागीय कारबाही गरिने छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्