Logo

गृहमन्त्री बादलले गरे गृहसचिव र प्रहरी महानिरीक्षकलाई पुरस्कृत


बैशाख । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफ्नै अर्थात गृहसचिव प्रेमकुमार राई र नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई पुरस्कृत गरेका छन् । बेरुजु फछ्र्यौटमा उत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयमा सचिव राई र महानिरीक्षक खनाललाई पुरस्कृत गरिएको हो ।

गृहमन्त्रालयमा आज एक कार्यक्रमका बीच गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले दुबैजनालाई नगद तथा प्रशंसापत्र प्रदान गरेका थिए । बेरुजु फछ्र्यौटमा उत्कृष्ट भएकोमा गृह मन्त्रालयमा सचिव राई, नेपाल प्रहरी महानिरीक्षक खनाललाई रु ८ हजार नगद एवम् प्रशंसापत्र तथा गृहमन्त्रालयमा उपसचिव शिवनाथ पौडेल, लेखा अधिकृतहरु फइन्द्रकुमार श्रेष्ठ, शालिकराम पराजुली, लेखापाल नरबहादुर कुँवरलाई नगद रु ६ हजार तथा प्रशंसापत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा गृहमन्त्री थापाले पुरस्कृत व्यक्तित्वहरुलाई बधाई दिँदै भविष्यमा समेत थप उत्कृष्ट कार्य गर्न आग्रह गरेका थिए । आजको कार्यक्रमले अन्य मन्त्रालयलाई पनि प्रेरणा प्रदान गर्ने गृहमन्त्री थापाको भनाई थियो ।

सरकारले विकास र समृद्धिको लक्ष्य लिएको र त्यसका लागि सुशासन अनिवार्य रहेको गृहमन्त्री थापाको भनाई थियो । गृहन्त्रालय र त्यसअन्तर्गतका निकायहरुको आ.व. २०७३/७४ सम्मको आ.व. २०७४/७५मा फछ्र्यौट गरिसक्नुपर्ने सो अवधिमा ६३.०३ प्रतिशत अर्थात रकममा रु ४ अर्ब ३० करोड ९७ लाख रहेकोमा रु २ अर्ब ७१ करोड ६२ लाख बेरुजु फछ्र्योट भएको छ ।

यस्तै नेपाल प्रहरीको आ.व. २०७३/७४ सम्मको बेरुजु रु. ६८ करोड ४१ लाख मध्ये ८५.१४ प्रतिशत अर्थात ५८ करोड २५ लाख बेरुजु फछ्र्यौट भएको छ । बेरुजु फछ्र्यौट मूल्यांकन तथा अनुगमन समितिले बेरुजु फछ्र्योटमा संलग्न उक्त अवधिमा कार्यरत प्रशासकीय प्रमुख र कर्मचारीहरुलाई नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्न सकिने पत्र अनुसार उनीहरुलाई गृह मन्त्रालयले पुरस्कृत गरेको हो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्