Logo

गायिका यशोदा खालिङ राईको “मायामा” गीतको भिडियो सार्वजनिक (भिडियो)


गायिका यशोदा खालिङ राईको “मायामा” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका यशोदा खालिङ राई नयाँ भिडियो लिएर आएकी छिन् । आसुतोष राईको शब्द तथा संगीतमा ‘मायामा’ बोलको नयाँ भिडियो सार्वजनिक भएको हो । गीतमा यशोदालाई चर्चित गायक जगदिश समालले साथ दिएका छन ।

गायिका राईको “यशोदा २” एल्बमको दोश्रो गीत सार्वजनिक गरिएको हो । गीतको शब्द रचना र संगीत आशुतोष राईले गरेका हुन् भने एरेञ्ज दिनेश न्यौपानेले गरेका हुन् । यो गीतमा गायक जगदिश समालले साथ दिएका छन् । यो म्युजिक भिडियोमा कमला राई र जाङ्बु शेर्पाले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई शम्भु मोक्तानले छायांकन गरेका हुन् ।

“यशोदा २” एल्बममा ९ वटा गीतहरु रहेका छन् । यस अगाडि नै ”आउछौ तिमी ” नामक भिडियो सर्वजनिक भै सकेको छ भने संगै केहि गीतहरुको म्युजिक भिडियो समेत निर्माण भै सकेका छन् । अरु गीतको पनि रेकर्डिङ्ग सकेर एल्बम विमोचनको तयारी भै रहेको छ । यस एल्बममा गजल, आधुनिक, र सेन्टिमेन्टल गीतहरु समेटिएका छन् ।

 

म्युजिक भिडियो हेर्नुहोस्:

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्