मेस्सीका यी १० प्रतिक्रिया च्याम्पियन्स लिगको सेमिफाइनल पुगेपछि
खेलपछि मेस्सीले प्रतिक्रिया दिँदै खुसी व्यक्त गरेका छन् । उनले आफूहरू उपाधिको यात्रामा एक कदम अघि बढेको पनि बताएका छन् ।मेस्सीले खेलपछि पत्रकारसँग कुरा गर्दै दिएको प्रतिक्रिया जस्ताको तस्तै :
आजको खेल उपाधिका लागि अर्को ठूलो फड्को थियो, हामी नतिजाबाट खुसी छौं । नढाँटी भन्दा दोस्रो गोलका लागि म भाग्यमानी थिएँ । फुटबलमा कहिलेकाहीं यस्तो हुन्छ । अवश्य पनि, कोउटिन्हो क्षमतावान् खेलाडी हुन् । उनले गरेको आजको गोल निकै सुन्दर थियो । हामी उनलाई सक्दो सघाउन चाहन्छौं । हामी सधैं यस्तै खेल खेल्न र नतिजा निकाल्न चाहन्छौं । हामी हाम्रा समर्थकहरूलाई अझै खुसी दिन चाहन्छौं ।
हम्रो अन्तिम लक्ष्य उपाधि हो । उपाधि जित्न अझै लामो बाटो छ । हामी सेमिफाइनलमा छौं । अबका खेल अझै कठिन हुनेछन्, त्यो हामीलाई थाहा छ । तर, हामी आजको नतिजाबाट उत्साहित छौं । हामी उपाधि जित्न आतुर छौं । ‘अहँ होइन । ला लिगामा हामी आराम गर्दैनौं । त्यहाँ अझै केही खेल बाँकी नै छन् । जे पनि हुनसक्छ । हामी सबै प्रतियोगितामा गम्भीर बन्नुपर्छ ।
आजको खेल कठिन थियो । तर, कोही न कोहीले जित्छ । हामीले जित्यौं । हामीलाई यो जित आवश्यक थियो । सेमिफाइनलमा हामीले लिभरपुल वा पोर्टोमध्ये एकसँग खेल्नुपर्छ । यी दुवै टिम कठिन टिम हुन् । तर, हामी तयार छौं ।हामीले यो प्रतियोगिता नतिजेको तीन सिजन भयो । यसपालि जित्छौं । हामी सही दिशामा छौं । यदि हामी फाइनल पुग्यौं र म्यानचेस्टर सिटीसँग भेट भयो भने त्यो निकै सुन्दर हुनेछ । भोलि के हुन्छ, हेरौं ।
स्पेनिस बार्सिलोना जारी सिजन युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । गत राति क्वार्टरफाइनलअन्तर्गत भएको दोस्रो लेगको खेलमा इंग्लिस टोली म्यानचेस्टर युनाइटेडलाई ३–० तथा समग्रमा ४–० ले हराउँदै बार्सिलोना ३ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको हो । गत राति बार्सिलोनालाई शानदार जिताउन कप्तान लिओनल मेस्सीले २ तथा फिलिपे कोउटिन्होले १ गोल गरे ।