लिम्चुङबुङ महोत्सवमा गायीका बिनिता राईको धमका
गाईघाट उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिका महोत्सवमा गायीका बिनिता राईले धमका मच्याएका छन् । लिम्चुबुङ गाउँपालिकाद्वारा आयोजित महोत्सव बैशाख १ गतेदेखि लगातार पाँच दिन सम्म सञ्चालन हुने भएको छ । उदयपुर जिल्लामा नै जन्मेर लामो समयदेखि गीत संंगीतमा झम्दै आएकी गायीका राई एक चर्चित र सफल गायीका हुन् ।
अनगिन्ति गीत गाई सकेकी गायीका राईले लैजा लैजा यो बैश लैजा, किराँती सन्तती हौ,उभो उभो चढुकी,उधो झरु,चञ्चल भयो मन,बजाउ सनाई ब्यान जस्ता रोचक गीत गाएर दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । हजारौं दर्शकको पटक पटकको वान्स्मोरले गायीका राईलाई स्तेज थाम्न निकै हम्मेहम्मे परेका थिए ।
गायीका राईको स्वर लहरीले स्टेजलाई रंगमञ्ज बनाई रहदा पछाडीबाट दर्शकको हुटिङ र तालीले अझ रोमान्स् थपि रहेका थिए । पर्यटकीय स्थलको रुपमा चिनिने हलेसीलाई किराँत,हिन्दु र बुद्धिस्ट तीनै धर्मावलम्बीहरुका लागी मुख्य गन्तब्य बिन्दु मानिन्छ । यसलाई लक्षित गर्दै हलेसी आएका पर्यटकहरुलाई लोभ्याँउदै उपयुक्त वातावरण सिर्जना गर्ने गाँउपालिका प्रमुख मेजर राईले बताउनु भयो ।
निकट भविष्यमा हलेसी निकै महत्वपूर्ण ठाउँ भएकोले पनि यसको प्रचारप्रसार र संरक्षणमा सिङ्गो गाउँपालिका लाग्नु पर्ने समेत राईले प्रतिबद्धता जनाउनु भयो । गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन र गाउँपालिकामा बसोवास गर्ने विभिन्न जातजाति तथा भाषाभाषीका सांस्कृतिक पहिचान गराउने लक्षका साथ महोत्सव आयोजना गरिएको लिम्चुङबुङ पर्यटन विकास समितिका संयोजक ज्ञानबहादुर राईले बताए ।
सो गाउँपालिकाले सञ्चालन गरेको उक्त महोत्सवको पहिलो दिन लिम्चुङबुङमा बसोवास गर्ने राई क्षेत्री, ब्रम्हाण, तामाङ, मगर तथा दलित जातिसँग सम्बद्ध सांस्कृतिक झाँकी तथा नृत्यसमेत प्रस्तुत गरिएको थियो । स्थानीय जात, जातिको खानाको परिकार तथा स्थानीय क्षेत्रमा उत्पादित घरेलु बस्तु तथा सामग्रीसमेत महोत्सव प्रदर्शनीमा राखिएको थियो । मोहत्सवमा करिब हजार जना भन्दा बढीले अवलोकन गरेका थिए ।