Logo

‘पसिना’ फिल्मको ट्रेलर सार्वजनिक (भिडियो)


मजदुरहरूकाे कथामा आधारित फिल्म ‘पसिना’को ट्रेलर सार्वजनिक भएको छ।बुधबार काठमाडौैंमा एक कार्यक्रमको आयोजना गरी निर्माण युनिटले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो।

दैनिक ज्याला मजदुरी गरेर जीवन गुजारा गर्नेहरुकाे कथालाई फिल्मकाे मुख्य विषयलाई ट्रेलरमा प्रस्तुत गरीएको देख्न सकिन्छ। कालकार गौरव पहारी र अनु साहको मुख्य भूमिका रहेको फिल्ममा सरोज खनाल, सरोज अर्याल, रवि गिरी, ध्रुव कोइराला, शारदा गिरी, सुरजनी केसीलगायतका कलाकारको अभिनय रहेको छ।

आरबी खत्री फिल्मका निर्देशक हुन्। राम केसीको छायांकन, राजनराज सिवाकोटी, दीपक शर्मा, थिरज राईको संगीत, नवीन निरौलाको सम्पादन तथा देव महर्जनको द्वन्द रहेकाे फिल्ममा निर्देशक खत्रीकै कथा लेखन र शान्ता ढकालको निर्णय रहेको छ। फिल्म यहीं बैशाख २७ गते बाट प्रदर्शनमा आउने छ।

फिल्मको ट्रेलर :

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्