Logo

गायीका मेनुका राईलाई प्रदेशीको चिन्ता


नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको छ । खोटाङ जिल्लामा जन्मेर लामो समयदेखि साँगीतिक आँकाशमा पाईला जमाउन सफल चर्चित गायिका मेनुका राईलाई एक्कासी बिदेशमा रहेको आफ्नो प्रदेशीको यादले सताएको छ ।अतितका पलहरुसँगै विताएको सम्झना गर्दै,हाल बाध्यताले प्रदेशी जीवन बनाएको प्रति गायीका राई बिलौना पोखाउछिन् ।

दुई दिनको जिन्दगी जिउनका लागी धन कमाउने आसमा महान पर्व दशै तिहार जस्ता चाड पनि सँगै मनाउन नपाएको प्रति उनी धिक्कार गर्छिन् ।नेपाली समाजमा देखा परेको यथार्थता समेटिएको परदेशी जीवन, यो हो मेनुका राईको नयाँ साँगीतिक कोसेली । जुन गीत भर्खरै मात्र विन्दाबासिनी म्यूजिकले आफ्नो च्यानल मार्फत सार्वजनिक गरेको छ । सो गीतमा विदेशीएका आफन्तले परदेशमा गर्ने मेहनत र दुःखको भावना समेटिएको छ ।

मिरादेवी राईको शब्द संगीत तथा राजु कार्कीको एरेन्ज रहेको गीत उपहार स्वरुप भर्खरै मात्र बजारमा आएको छ ।सो भिडियोलाई अजय रेग्मीले छायाँङ्कन गरेका छन् भने दिपक विष्टले सम्पादन गरेको छ । भिडियोमा हिरा राई, र काजीस श्रेष्ठको रोचक अभिनय रहेको छ । भिडियोलाई काजी श्रेष्ठले नै निर्देशन गरेका छन् ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्