आज बाट प्रर्दशनमा आउन लागेको हिन्दी चलचित्र कलंक लाई रोकेर शुक्रबारबाट मात्र प्रर्दशन गर्ने चलचित्र विकास बोर्डको निर्णयले चलचित्र उद्योग यति बेला राम्रै सग तातेको छ ।

चलचित्र विकास बोडका अध्यक्ष केशब भट्टराईको यो निर्णयलाई अधिकांश चलचित्रकर्मीहरुले बोल्ड र सहासिक निर्णय भन्दै स्वागत गरेका छन् भने केहि हलवालाहरु यो निर्णयको बिरोधमा उत्रिएका छन् ।

त्यसो त केशब भट्टराई को निर्माणमा बनेको चलचित्र यात्रा यति बेला प्रर्दशनरत छ र हिन्दी चलचित्र बुधबार लाग्दा आफ्नो चलचित्रलाई असर पर्ने हुदा उनले यस्तो निर्णय गरेका हुन् भन्दै आरोप लगाउनेहरु पनि नभेटिएका होइनन । तर उनको यो निर्णयले चलचित्र यात्रालाई भने घाटा भएको देखिएको छ ।

किनकि केशब भट्टाराई सग कु्रद्ध बनेका मल्टीपेल्सका मालिकाहरु ले आक्रोस पोख्दै भट्टराईको चलचित्र यात्रा लाई हटाएर यात्राका शो हरु ए मेरो हजुर ३ लाई थपिदिएका छन् । जे होस् आफुलाई प्रत्यक्ष घाटा पर्ने जान्दा जान्दै पनि बोर्ड अध्यक्ष भट्टराईले एक महिना नबित्दै यस्तो बोल्ड निर्णय गरेका हुन् ।