Logo

नेकपा(माओबादी केन्द्र)को २ प्रदेश नम्बरको भेला सम्पन्न


काठमाण्डौ- नेकपा ( माओवादी केन्द्र) प्रदेश २ को बैठक चन्दनिगापुर रौतहटमा बैशाख ३ गते सम्पन्न भएको छ ।

नेकपा ( माओवादी केन्द्र ) प्रदेश नम्बर संयोजक बब्लु सिंहको अध्यक्षमा नेकपा ( माओवादी केन्द्र ) उपाध्यक्ष एबम पुर्ब सासंद तिलक थापा मगरको प्रमुख अतिथिमा सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र)को केन्द्रिय सदस्य सुमन राई, रोशन राण र नारायण देउला समेत थिए । उत भेलाले ५१ सदस्य प्रदेश कमिटी २ नम्बर प्रदेशको निर्बाचित गरिएको छ । प्रदेश २ मा ८ वटा जिल्ला रहेको छ उक्त जिल्लामा जिल्ला अध्यक्ष समेत निर्बाचित भएको छ । रौतहात जिल्लामा क. भुषण ठाकुर, सिरहामा क. महादेब सिंह, सर्लाहिमा क. राम बिश्वास यादब, महोतरी जिल्लामा क. बिष्णु देब ठाकुर रहेको छन ।

त्यस्तै गरी बारा जिल्ल्लामा क  गङ्गा जि, पर्सा जिल्लामा क  मुना हिरामण्डल, धनुषा जिल्लामा क  बिष्णु देब ठाकुरा र सप्तरीमा क. महादेब सिंह निर्बाचित भएको छन ।नेकपा (माओवादी केन्द्र)को प्रमुख २ नम्बर प्रदेशको सल्लाहकार क. लखिल्दर ठाकुर छन भने जनबर्गिय सँगठन समेत निर्बाचित छ । वाइसियल प्रदेश अध्यक्ष क.रामकृष्ण यादब, बिधार्थी अध्यक्ष क. साहेब ठाकुर र मजदुर अध्यक्ष क. सन्जय पासवान रहेको छन ।

नेकपा (माओवादी केन्द्र) नेपाली सर्वहारा र सम्पूर्ण श्रमजीवी उत्पीडित जनसमूहको राजनीतिक अग्रदस्ता हो । यसको विश्व दृष्टिकोण द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी बैज्ञानिक दृष्टिकोण हो र मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवाद हुनेछ । यसले मुलुकमा विद्यमान सबै प्रकारका शोषण, विभेद र उत्पीडनमा परेका वर्ग, जाति, क्षेत्र, लिङ्ग, भाषा र संस्कृतिका जनताको मुक्ति, स्वतन्त्रता, न्याय तथा देशको राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता एवं अखण्डताको आन्दोलनको नेतृत्व एवं सर्वहारा अन्तर्राष्ट्रवादको पक्षपोषण गर्दै पार्टीले संघर्षका आवश्यक पर्ने सवै रुपहरुको प्रयोग गर्नेछ ।

यसले सामाजिक परिवर्तनको निर्णायक संघर्षमा जनताको महान जनविद्रोहको कार्यदिशामा बल प्रयोगको सिद्धान्तलाई आत्मसात गरी अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन एवं नेपाली कम्युनिष्ट आन्दोलनका क्रान्ति र प्रतिक्रान्तिहरुको सिंहावलोकन र शिक्षाहरुलाई ग्रहण गर्दै आफ्नो मौलिकता सहित फेब्रुवरी क्रान्ति सरह विकसित नेपाली पूँजीवादी क्रान्तिलाई गुणात्मक रुपान्तरण गरी वैज्ञानिक समाजवादी गणतन्त्र स्थापना गर्ने लक्ष्य, उदेश्य सहित नेकपा (माओवादी केन्द्र)  पार्टी जारी गरिएको छ ।

 

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्