तामाङ चलचित्र महोत्सव भब्य सम्पन्न (उत्कृष्ट तस्बिर हेर्नुस)
काभ्रेको नमोबुद्ध नगरपालिका अन्तर्गत भकुण्डेबेसीमा आयोजना भएको ३ दिने तामाङ चलचित्र महोत्सव आईतबार सकिएको छ । तामाङ चलचित्र प्रदर्शनसँगै तामाङ मौलिकता र रितिरिवाजलाई समेत ध्यानमा राखेर आयोजना गरिएको महोत्सव सफल समेत भएको छ । तामाङ चलचित्र संघको मुख्य आयोजनामा महोत्सव आयोजना गरिएको हो । महोत्सवमा तामाङ समुदायका विभिन्न गन्यमान्य व्यक्तित्वहरुसहित वरिष्ठदेखि नव कलाकारहरुसम्मको उपस्थिति रहेको थियो । यहाँ हामीले महोत्सवमा उपस्थित भएका तामाङ चलचित्रका हस्तीहरुसहित चर्चित कलाकारहरुको फरक फरक पोजहरु सहितको तस्बिरहरुलाई प्रस्तुत गरेका छौँ । यी तस्बिरहरु तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरसँगै अन्य सदस्यहरु र तामाङ चलचित्रकर्मीहरुको सामाजिक सञ्जालबाट लिएका हौँ ।
सम्मानमा कलाकार : महोत्सवमा तामाङ कथानक चलचित्र ‘आप्लेङला नाम्सा’ उत्कृष्ट तामाङ चलचित्र बन्न सफल भएको छ । काभ्रेको रोशी गाउँपालिका अन्तर्गत भकुण्डेबेसीमा आयोजना गरिएको ३ दिने तामाङ चलचित्र महोत्सवमा प्रदर्शन गरिएका ५ तामाङ चलचित्रहरुमध्ये ‘आप्लेङला नाम्सा’ उत्कृष्टमा छनौट भएको हो । उत्कृष्ट भएसँगै चलचित्र टोलीलाई नगद ५१ हजारसहित सम्मानपत्र प्रदान गरिएको छ । महोत्सवमा श्होङ, सेमरिन मुला माया, आप्लेङला नाम्सा, रुङ्सी टिला र सेर्कु गरी ५ चलचित्रहरु प्रदर्शन गरिएको थियो । महोत्सवको पहिलो दिन दुई चलचत्रिहरु प्रदर्शनसँगै ‘तामाङ चलचित्रको ईतिहास, वर्तमान अवस्था र भावि कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रम गरिएको थियो । त्यस्तै दोस्रो दिन पनि चलचित्रलाई प्रदर्शन गरिनुका साथै सुचना तथा संचार प्रबिधि मन्त्री गोकुल बास्कोटाको प्रमुख अतिथ्यतामा महोत्सबको औपचारिक उद्घाटन गरिएको थियो ।
तेस्रो दिन पनि तामाङ चलचित्र प्रदर्शनका साथै समापन गरिएको आयोजक तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरले जानकारी दिए । ‘हाम्रो कला हाम्रो पन, तामाङ चलचित्र हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ तेस्रो तामाङ महोत्सव भएको हो । समापन कार्यक्रममा तामाङ चलचित्रका विभिन्न विधाहरुमा विशेष योगदान दिएका व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियो । महोत्सवमा तामाङ चलचित्रकर्मीहरुले दैनिक रुपमा प्रस्तुति समेत दिएका र्थि भने तामाङ मौलिक खाना, तामाङ गोईलो, डम्फु र बुद्धचित्त मालाहरुको स्टल समेत राखिएको थियो । हेरौँ केही सुन्दर पोजहरु–
(मुर्चुङ टिभी बाट )