Logo

‘नेपाली स्याट-१’ नेपालीको पहिलो स्याटेलाइट डेढ घन्टामा पृथ्वीको चक्कर काट्ने


पाली समयअनुसार बिहीबार बिहान साढे २ बजे नेपालले आफ्नो पहिलो स्याटेलाइट (भू-उपग्रह) उडाएर अन्तरिक्षमा उपस्थिति जनाउँदैछ। नेपाली झन्डा र विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को लोगोसहितको उक्त भू-उपग्रहलाई ‘नेपाली स्याट-१’ नाम दिइएको छ।

अमेरिकाको भर्जिनियास्थित स्पेस कम्पनी ‘अर्बिटल एटिके’ को रकेटबाट उडाइने भू-उपग्रहलाई नेपालको विज्ञान क्षेत्रकै एक महत्वपूर्ण कोशेढुंगाका रूपमा हेरिएको छ।अमेरिकी अन्तरिक्ष अध्ययन संस्था नासाले यो उडानको प्रत्यक्ष प्रसारण गर्नेछ। नेपालले उडाउन लागेको स्याटेलाइट ‘नानो’ वर्गमा पर्छ। नानो भनेको सानो आकारको हो, जुन एकदेखि १० किलोको हुन्छ। योभन्दा सानो स्याटेलाइट पनि हुन्छ, जसलाई ‘पिको’ भनिन्छ। यसको तौल सय ग्रामदेखि एक किलोसम्म हुन्छ।

स्याटेलाइटको तौल १ किलो ३ सय ग्राम छ। यसको लम्बाइ, चौडाइ र उचाइ १०-१० सेन्टिमिटर छ। यसले खिचेका तस्बिर र सूचनाले सम्बन्धित ठाउँको प्रारम्भिक अवस्था अध्ययन गर्न मद्दत पुग्ने बताए। यो स्याटेलाइट अन्तरिक्षमा पुगेपछि एक महिना इन्टरनेसनल स्पेस स्टेसनमा (आइएसएस) मा गएर बस्नेछ। यो भनेको अन्तरिक्षमा रहेको स्याटेलाइटहरूको ‘पार्किङ’ जस्तै हो। त्यहाँ अन्तरिक्षयात्रीहरूले यसलाई परीक्षण गर्नेछन्। प्राविधिक रूपले उपयुक्त छ भनेपछि बल्ल हाम्रो स्याटेलाइट पृथ्वी वरिपरि घुम्न थाल्नेछ।

यो स्याटेलाइटलाई पृथ्वीको एक चक्कर काट्न ९० मिनेट लाग्नेछ। यस क्रममा नेपालको आकाशमाथि दैनिक ५ देखि १० मिनेट रहन्छ। यसले पृथ्वीबाट करिब ४ सय किलोमिटर टाढा फन्को मार्नेछ। स्याटेलाइट बनाउन नेपाल तर्फबाट नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र नेपाली वैज्ञानिक आभाष मास्के जापानमै बसेर काम गरिरहेका छन्।

नेपाली स्याटेलाइट जुन गुणस्तर र प्रकृतिको छ, त्यो पहिलो चरण हो। यसलाई ‘युनिट १’ भनेर वर्गीकरण गरिएको छ। अब ‘युनिट ३’ मा जाने प्रयास भइरहेको छ ।युनिट ३ मा गइसकेपछि स्याटेलाइटको क्यामरा र सेन्सर गुणस्तरीय हुनेछ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्