मकाउमा रोजगार गर्ने पहिलो ब्यक्ति विष्णु कुमार लिम्बु कसरी पुगे
वैदेशिक रोजगारको सिलसिलामा पोर्चुगिज कोलोनी ‘मकाउ’ मा कानुनगत भित्रिएर कानुनगत नोकरी शुरु गर्ने पहिलो ब्यक्ति बिष्णु कुमार लिम्बु हुन। उनलाई एस.टी.डि.एम.कम्पनीबाट घरमा नै एयर टिकट सहितको कलिङ लेटर आएपछि बिष्णु कुमार लिम्बु कम्पनीको कलिङ लेटर अनुसार अगष्ट १९९६ मा भिआएए हङकङ हुँदै मकाउको यात्रा सुरु गरेका थिएँ । मकाउको फेरु स्टेसनमा इमिग्रेसनबाट पासहुँदा एस.टी.डि.एम.लिस्बोय कम्पनीबाट स्वागत गरेको थियो । त्यसपछि कम्पनीको व्यवस्थापन टिमसँग सुरक्षाकर्मीको रुपमा काम गर्नका लागि छलफल गरेसंगै खान, बस्न, तलव, भत्ता, मेडिकल विमा, वार्षिक विदा, हप्ताको विदा लगायतमा कम्पनी र रोजगारी गर्ने व्यक्तिसँग छलफल गरिे सम्झौता भयो ।
विष्णु कुमार लिम्बु मकाउमा रोजगार गर्ने पहिलो ब्यक्ति विष्णु कुमार लिम्बु कम्पनीको नियम अनुसार सातै दिन काम गर्ने, दिनमा १२ घण्टा डियुटी गर्नुपर्ने, हप्ता र वार्षिक विदा नपाउने र लोकल चाइनिज सेक्रुटी गार्ड सरह मात्र तलव दिने कम्पनीको प्रस्ताव थियो । तर बिष्णु कुमार लिम्बुले गार्डहरू हङकङमा ६ दिन कडा काम गरेर हप्तामा एक दिन विदा गर्ने बानी बसी सकेकोले हप्तामा एक दिन विदा हुनुपर्छ । जो अन्तराष्ट्रिय आई.एल.ओ.को नियम अनुसार छ । हाम्रो गोर्खाजको परिवार नेपालमा छन् । त्यसकारण वर्षको एक पटक परिवारसँग भेटघाट गर्नको लागि आग्रह गरियो । कम्पनीले बिष्णु कुमार लिम्बुको कुरामा सहमति जनाइसकेपछि काम सुरु भयो । पहिलो पटक ३० जनाको खान, बस्न, इमेग्रेसन व्यवस्थापनपछि काममा लागियो । पहिलो पटक ३० जना नेपालीहरु विष्णु कुमार लिम्बु, समुन्द्र कुमार गुरुङ, बल बहादुर राई, बाउदमान लिम्बु, भिम बहादुर राई, बबिन्द्र कुमार लिम्बु, दलबहादुर लिम्बु, दलकेशर राई, धनराज गुरुङ, धनकुमार राई, गिर्जा बहादुर लिम्बु, गोबिन्द बहादुर थापा, ज्ञानसेर राई, हर्कजंग लिम्बु, कर्ण बहादुर लिम्बु, केशरसिं राई, लाखबहादुर तामाङ, बिष्णु बहादुर लिम्बु, लक्ष्मी बहादुर लिम्बु, लक्ष्मी प्रसाद पहिम, मोहन राई, नरकुमार तामाङ, नरेश कुमार राई, नयन्द्र बहादुर राई, रबिकुमार सुनुवार, राजकुमार लिम्बु, सम्मर बहादुर तामाङ, उपेन्द्रमान राई, बलराम राई र बाबुराम योन्य लिम्बु थिए । कम्पनीले गोर्खा सेक्रुटी गार्डको लागि ठुलो जिम्मेवारी दिएको थियो । हाल गोर्खाजको कामबाट प्रभावित भएर अझ थप गोर्खाजहरू मगाइयो । गोर्खाज सुरक्षा गार्ड अन्तर्गत बृटिस भुपु सैनिक, इण्डियन भु.पु.सैनिक, नेपाल पुलिस र आर्मीको भु.पु.हरूको काम गर्दै आएका छन् ।
मकाउमा यसरी गोर्खाज सेक्रुटी स्थापित गर्ने काम भयो र स्थापित हुँदै गएको छ । नेपाली गोर्खाज साहसी, इमानदारी र अन्तराष्ट्रिय पहिचान भएको हुँदा मकाउमा अत्याधिक मन पराउँछन् । नेपालमा बेरोजगार, कमाईको आकर्षण र गोर्खाजको सम्मानले गर्दा नेपालीहरु धेरै मकाउ जान लालयित देखिन्छ । मकाउका एस.टि.डि.एम.कम्पनीका निर्देशक क्यासिनो किङ स्टेन्टली होले हङकङका गोर्खाज सेक्रुटीबाट प्रभावित भएर माउन्टेन ओभरसिज म्यानपावर हङकङकका निर्देशक पुष्पा गुरुङको सिफारिसमा विष्णु कुमार लिम्बु लगायन अरु साथीहरूलाई अवसर पाएको हो । किन भने हङकङमा विष्णु कुमार लिम्बु विल्सन कार पार्ककिङ लिमिटेडमा सेक्रुटी गर्दा एक अन्तराष्ट्रिय मोस्ट वान्टेट चोर पक्रेकोले विष्णु कुमार लिम्बु हङकङ पुलीसबाट क्यास अवार्डसहित ग्रेट प्राप्त हुनाले पनि सायद पुष्पा गुरुङलाई विष्णु कुमार लिम्बुको नाम सिफारिस गर्ने सजिलो भएको हुन सक्छ । तीन हप्ताभित्रमा मकाउको वातावरण र इमिग्रेसनका नियम क्यासिनोभित्रको सञ्चालन सेक्रुटी इत्यादिको प्रिकोर्ष गर्न आवश्यक पर्दछ । हङकङबाट दक्ष र अनुभवी प्रशिक्षकहरू झिकाई प्रशिक्षण दिने व्यवस्था गरी १९९६ अगष्ट २६ तारेखको दिन नेपाल फर्काइयो । २७ अगष्ट १९९६ मकाउबाट फर्के लगत्तै माउन्टेन ओभरसिज मेनपावर काठमाडौंमा विष्णु कुमार लिम्बु आफैंले अन्तरवार्ता गराएर ३० जना बृटिस आर्मीका भु.पु.सैनिकहरू १७ अक्टुवर १९९६मा मकाउ लगेर एक हप्ता क्यासिनो सेक्रुटीको रिफ्रेसगराएर डियुटी दिन सुरु गरियो । डियुटी सुरु भएपछि क्यासिनोेको भित्र पस्ने र निस्कने नियम अनुसार गोर्खाज सेक्रुटीहरूले इमानदार र कडाईका साथ काम गर्न थालेपछि क्यासिनोको दलालहरूभित्र छिर्न पाएनन् र दलालहरूको ग्याङमा गडबडी आउन थाल्यो । दलालहरूबाट यिनीहरू कहाँबाट आएको हो भन्दै खोजतलास र चासो दिन थालियो ।
विष्णु कुमार लिम्बु भेटघाट बिशेष ब्यक्तीहरुसँग त्यहाँ पहिलेदेखि नै ६०० जना चाइनिज सेक्रुटीहरूले गार्ड गर्दै आएका सेक्रुटीहरूमा बिचलन आउन थाल्यो र हामी गोर्खा सेक्रुटीहरूलाई त्यहाँबाट नेपाल फर्काउने दुसप्रयासहरू भयो । अनेकौँ प्रलोभन देखाउने, डर, त्रास देखाउने, पैसा दिएर फकाउने समेत गरियो तर गोर्खाजहरू आफ्नो पसिनाको कमाई मात्र खाने भएको हुनाले त्यस्ता प्रलोभन घुस दिनेहरूलाई उल्टो बनाइदिए । यसरी हामीलाई चारैपट्टिबाट आक्रमण आउँदा गोर्खाहरूको भगवान् भनिने एस.टि.डि.एम.कम्पनीका निर्देशक‘क्यासिनो किङ’ मिस्टर स्टेनलिय होले नपालीलाई धेरै संरक्षक दिए । ६ महिनापछि, फेरि २० जना सेक्रुटीको कोटा थपियो । त्यसको वापत ५० जना भएपछि हामी अलिक दरो भइयो र एक वर्ष पश्चात क्यासिनो न्यू सन्चुरी गार्डमा हामी गोर्खा सेक्रुटीले एकलौटी सेक्रुटी दिन सुरु ग¥यौँ । गोर्खालीसँग गार्डफोर्सका फिलिपिन, बर्मिज चाइनिज गार्डहरू पनि सम्मिलित थिए । जब हामीसँग क्यासिनो न्यू सेन्चुरी गार्डमा काम गर्न सुरु ग¥यौ, त्यसपछि यस क्यासिनो अति फाइदामा हुँदै दु्रतगतिमा अगाडि बढेपछि बृटिस गोर्खाज सेक्रुटीले कभर गर्न नसक्ने भएपछि विष्णु कुमार लिम्बुले क्यासिनोसँग कुरा गरेँ । नेपालको भु.पु.आर्मी, भु.पु.पुलिस र भु.पु.इन्डियन आर्मीलाई कम्पनीको लागि सुरक्षा दिनका निम्ति कुरा राखेसँगै कम्पनीले सकारात्मक कुरा गरी अन्य गोर्खाजहरू सेक्रुटीको लागि मकाउ ल्याउन थाल्यो । त्योसँगै कम्पनीले गोर्खाज सेक्रुटीलाई ठुलो जिम्मेवारी दिइयो ।
विष्णु कुमार लिम्बुको मुख्य लक्ष्य भनेको जसै गरेर पनि गोर्खाली सेक्रुटी स्थापना गर्न थियो । नेपालमा बेरोजगारी भएर मकाउन आउनका लागि चाहाने साथीहरू यहाँसम्म आउनका लागि वातावरण निर्माण गर्न थियो । नेपाल र मकाउको पुल बन्न थियो । त्यो पुललाई चुटाउन खोज्नेहरूलाई प्रतिकार गरिन्छ भन्ने प्रतिज्ञा थियो । फलस्वरुप ‘पोर्चुगिज जेल गार्ड’को लागि पनि १०० जनाको कोटा थप गरियो र मकाउ जेलमा गोर्खाजहरूले सेक्रुटी गार्ड गर्न थाले । नेपालीहरूको लागि मकाउ एउटा राम्रो कर्मथलोको रुपमा भएको हुँदा मलाई अझै ठुलो गौरव लागेको छ । यो भन्दा अघि मकाउ गैरकानुनी रुपमा काम गर्थे पछि नेपाली कन्सोलेन जीवन शर्मालाई अनुरोध गरेपछि कानुनगत रुपमा मकाउ आउन बाटो खुलो र अहिले धेरै सजिलो भएको छ ।
विष्णु कुमार लिम्बु भेटघाट बिशेष ब्यक्तीहरुसँग मकाउका व्यक्तिहरू स्टेन्टली हो, लुइसङ, कोवङ, पुष्पा गुरुङ र पोर्चुगिस गभरमेन्टलाई विशेष धन्यवाद दिनुपर्दछ गोर्खाजहरूको तर्फबाट किन कि बिकाराल परिस्थितिमा पनि गोर्खाजलाई इमानदारीताका मकाउमा रोजगार दिनु भयो । हाल गोर्खा सेक्रुटीहरू क्यासिनो सेक्रुटी, बडीगार्ड, हाउस गार्ड, होटल सेक्रुटी, रेजिडेन्सी सेक्रुटी आदिमा करीब ४५०० जना कार्यरत रहेका छन्, जहाँ गोर्खाज सेक्रुटी भनेर चिनिन्छिन् उनीहरूको उच्च सम्मान छ । उनका अनुसार राम्रो भबिश्यको खोजिमा मकाउ आएका र अहिले पनि मकाउ नेपालिहरुको लागी निकै आकर्षक गन्तब्य रहेको बताएका छन, मकाउमा जाने पहिलो नायक बिष्णु कुमार लिम्बु ।