युएईमा ‘ए विना’ प्रदर्शन हुँदै (भिडियोसहित)

तामाङ समुदायमा आधारित न नेपाली चलचित्र ‘ए विना’ युएईमा प्रदर्शन हुने भएको छ । यो चलचित्र यही आउँदो ६ अप्रिलमा प्रदर्शन हुने युएईबाट सञ्चारकर्मी तथा मोडल विजया लक्ष्मी राईले जानकारी गराएकी हुन् ।
प्रेमकथामा आधारित ‘ए विना’मा परदेशीहरुको जीवनकथालाई चित्रण गर्ने खोजिएको निर्माणपक्षले जनाएको । चलचित्रमा बिजय तामाङ, सुस्मा मोक्तान तामाङ, वसन्त लामा, धनबहादुर लामालगायतका कलाकारहरुको अभिनय रहेको छ । संगीत फिल्मको ब्यानरमा निर्मित ‘ए विना’को निर्देशन बिजय तामाङले गरेका हुन् भने निर्माण निराज लामा, बसन्त लामा र धनबहादुर लामाले गरेका हुन् ।
‘ए विना’को काठमाडौं, पोखरा र युएईका विभिन्न स्थानमा छायांकन गरिएको छ । यस चलचित्रमा द्वन्द्व निर्देशन राजु किरातीले गरेका हुन् । ‘ए विना’को गीतमा बबिता पाख्रिन र बिशाल लामाले स्वर दिएका छन् ।