Logo

नेकपाभित्र विवाद र असन्तुष्टि यस्तो


नेकपा गठन हुँदाको उत्साहमा क्रमशः ह्रास । पार्टीभित्र एकपछि अर्को विवाद । शीर्ष नेताहरुबीचको सम्बन्धमा चिसोपना । सरकार र पार्टीबीचको समन्वयको अभाव । सरकारका निर्णय र कामलाई लिएर पार्टी नेताहरुकै असन्तुष्टि । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको आलोचना ।

तीन महिनामा सक्ने भनिएको सङ्गठनात्मक एकता ११ महिनासम्म बाँकी । लाखौँको सङ्ख्यामा रहेका पार्टी सदस्य जिम्मेवारविहीन । केन्द्रदेखि स्थानीय तहसम्मका नेता कामविहीन ।

पार्टी बैठकमा नेताहरुको फरक मतको चाङ । आफ्नै पार्टीका नेता प्रधानमन्त्री हुँदा पनि पार्टीका शीर्ष नेताका लागि बालुवाटार बिरानो । न संस्थागत लेबी, न त योजनाबद्ध रूपमा केन्द्रीय कार्यालयको सञ्चालन । कैयौँ मुद्दामा दुई अध्यक्षबीच नै मतभेद । यसबीच एकपछि अर्को गरी पार्टी नेताहरुको मृत्यु ।

गठित कार्यदलका अनुसार विधान परिमार्जन, पोलिटब्युरो गठन, केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजन, केन्द्रीय आयोगहरुको गठन, केन्द्रीय सल्लाहकार परिषद् र जेठ कम्युनिस्ट मञ्चको गठन, राष्ट्रिय परिषद्मा मनोनयन, प्रदेश स्तरीय विशेष कमिटीको गठन, जिल्लासहित मातहत कमिटीहरुको एकीकरण, जनवर्गीय सङ्गठनहरुको एकीकरण, प्रवासका सङ्गठन र सम्पर्क कमिटी एवम् मञ्चहरुको एकीकरण र केन्द्रीय विभागहरुको गठन हुन सकेको छैन ।

सचिवालय गठनदेखि सुरु भएको विवादको शृङ्खला अहिले पनि रोकिएको छैन । मुख्यतः सरकार र पार्टीबीचको समन्वय साथै साङ्गठनिक एकीकरणका निर्णयले नेकपामा एकपछि अर्को विवाद देखिँदै गएका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्