कसरी बाँसझ्याङमा भेटियो अमेरिकन पेस्तोल

मोरङको विराटनगर महानगरपालिका-१६ दरैयाबाट प्रहरीले आइतबार एक थान पेस्तोल बरामद गरेको छ। इलाका प्रहरी कार्यालय रानीको टोलीले स्थानीय बाँसको झ्याङबाट मेड इन युएए लेखेको पेस्तोल बरामद गरेको हो।
एक नम्बर प्रदेश प्रहरीका अनुसार स्थानीयले सूचना दिएपछि प्रहरी त्यहाँ पुगेको थियो। बिहान १० बजे पुगेको प्रहरीले रङको बट्टाभित्र कालो प्लाष्टिकमा पोको पारेर लुकाराखेको पेस्तोल भेटेको थियो।
पेस्तोलसँगै त्यसको म्याग्जिन र सोही पेस्तोलमा प्रयोग हुने दुई राउण्ड गोली फेला परेको प्रहरीले जनायो। बरामद पेस्तोलबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
भन्सार राजश्व चुहावटमा उन्नत ठानिएको दरैया नाका नेपाल-भारत सिमाना हो। दरैयामा सीमा वारपार धन्दा विगतदेखि नै चलिरहेको छ। (सेतोपटिमा खबर छ)