Logo

चैत्य दशै र नयाँ बर्षको चैत्य दशै र नयाँ बर्षको


काठमाण्डौं । आज चैत्र महिनाको अन्तिम दिन शनिबार चैते दशैँ र रामनवमी पर्व परेको छ । सो अवसरमा सबै नेपालीहरुले हर्ष र उल्लाशका साथ यो पर्व मनाइदै छ । चैत्य दशैसँगै नयाँ वर्ष पनि परेकोले राजधानी काठमाण्डौ लगायत सबै ठाँउमा निकै भीड्भाड र चहलपहल बढ्न थालेको छ ।

विभिन्न शक्ति पीठहरुमा आज बिहानैदेखि घुइँचो लागेको छ । असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा लिइने दशैं वर्षमा दुईपटक मनाउने गरिन्छ । असोजमा मनाइने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा चैते दशैंको रुपमा मनाइन्छ ।

वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ । तिथिका कारण रामनवमी पर्व पनि आजै मनाईंदैछ । असत्यमा सत्यको विजय तथा भगवान श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका अवसरमा राम मन्दिरहरुमा पूजापाठ गरिन्छ ।

चैते दशैं र रामनवमीको दिन आज काठमाण्डौका भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

आज चैते दशैं र भोलि नयाँ वर्ष भएकाले काठमाण्डौबाट बाहिरिने गाडीमा यात्रुको भीड छ । कलंकीमा गाडी पर्खेर बसेका धेरैले गाडी नपाएको गुनासो गरेका छन् । कोही भने उभिएरै यात्रा गरेका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्