Logo

पृथ्वीनारायण शाहले किरातीहरुलाई ज्यूँदै बोरामा बाँधेर अरुण नदीमा प्याक्थे


काठमाण्डौ- राजनीतिक विश्लेषक सिके लालले पृथ्वीनारायण शाहका बारेमा इतिहासलाई उदृत गर्दै एउटा लेख लेखे । उक्त लेखमा पृथ्वीनारायण शाहका समर्थकहरुले घोर आलोचन गरे । उनले राष्ट्र–राष्ट्रलाई विभक्त गरी विभाजन र असहिष्णुताको बिउ रोप्ने काम गरेकाले उनलाई राष्ट्रिय एकताको प्रतिक मान्न नसकिने विचार राखेका थिए । ‘पूर्वमा किरात राई र लिम्बूलाई फुटाएर राज्य कब्जा गरेका थिए,’ उनले भने, ‘राईहरुको समुदायमा त यति कुरुप व्यवहार गरेका थिए कि ज्यूँदै मान्छेलाई आगो लगाएर हत्या गरेका थिए ।’

पृथ्वीनारायण शाहले किराती पुरुषहरुलाई ज्यूँदै बोरामा बाँधेर अरुण नदीमा बगाएको र छोरी चेली र महिलाहरुलाई बलात्कार गरी योनीमा खुर्सानी पिसेर लगाइदिने जस्ता घोर अमानवीय काम गरेको इतिहास रहेको सिके लालले बताए । लेखमा मात्र हैन राजधानीमा आयोजित एक कार्यक्रममा नै उनले पृथ्वीनारायण शाहले आफ्नो महत्वाकांक्षी सपना पूरा गर्नका लागि काठमाडौं उपत्यकाका आदिवासीहरुको नाक र कान काट्नेजस्ता घोर अमानवीय कार्य गरेकाले उनलाई राष्ट्रिय एकताको प्रतिक मान्न नसकिने जिकिर गरे । भनिन्छ त्यहाँ १७ धार्नी नाक र कान काटिएको थियो ।

चन्द्रागिरी डाँडा पुग्दा सुन्दर काठमाडौं देखेर मालामाल हुने लोभमा सोझा नेवार समुदायसँग मित लगाएर राज्य कब्जा गरेको र नेवारहरुको सोह्र धार्नी नाक कान काटेर राज्य कब्जा गरेको बताए ।उनले भने, ‘पृथ्वीनारायण शाले राष्ट्रिय एकता हैन राष्ट्र-राष्ट्रहरुलाई विभक्त गरी विभाजन र असहिष्णुताको बिउ रोपेर माफ गर्नै नसकिने गल्ती गरेका थिए ।’ उनले भने, ‘पृथ्वीनारायण शाले राष्ट्रिय एकता हैन राष्ट्र-राष्ट्रहरुलाई विभक्त गरी विभाजन र असहिष्णुताको बिउ रोपेर माफ गर्नै नसकिने गल्ती गरेका थिए ।’

नाक कान काटिएकै थियो ?

यसै विषयमा विदेशीले के लेखे? त्यसको पनि आआफ्नो महत्व छ। सर्वप्रथम माइकल एन्जेलोले ती अभागी कीर्तिपुरेको निमित्त शूरप्रताप कहाँ माफीको भिख पनि माग्न पुगेका थिए। तर पुकार सुनिएन। माइकल एन्जेलो तत्कालीन पादरीका प्रमुख थिए र उनी औषधि गर्न निपुण थिए। शूरप्रताप शाहकको आँखा फोरिँदा उनैले उपचार गरिदिएका थिए। क्रिस्चियन धर्ममा मानवप्रति दयाको आफ्नै स्थान हुन्छ र त्यसै धर्मका पादरी भएको अति शूरप्रताप शाहलाई औषधि गरिदिएका नाताले पनि कीर्तिपुरमा अनिष्ट हुन लाग्यो भन्ने ठानी उनले शूरप्रताप कहाँ क्षमादानका निम्ति समेत अनुरोध गर्न पुगेका थिए। यसबारेमा गुसिपिको भनाई यस्तो छ:

नाकाबन्दीको कारण छ सात महिनासम्म कठिन अवस्थामा कीर्तिपुरका जनताले जीवन बिताइसके। यत्तिकैमा एक्कासी पाटनका धनवन्त गोर्खालीहरुसँग मिल्न गई गोर्खाली सैनिक कीर्तिपुरमा हुले। यहाँका जनताले अझै पनि आफ्नो देशको रक्षा गर्न सक्दथे। तर गोर्खालीले आत्मसमर्पण गरेमा आममाफी दिने घोषणा गर्दै प्रचार गरे। धेरै लामो नाकाबन्दीले थाकेका कीर्तिपुरले गोर्खाको छलकपट बुझेनन् र आममाफी दिने घोषणाको विश्वासमा परी आत्मसमर्पण गरे। आत्मसमर्पणपछि गोर्खालीले सहरको सबै ढोका बन्द गरेर सहर भित्र बाहिर गर्न दिएनन्। यसको दुई दिनपछि नुवाकोटमा बसेका पृथ्वीनारायणको आदेशमा सूरप्रताप शाहले मुख्य मुख्यको ज्यान लिए। अरुको नाक ओठ काटे। केवल आमाको दूध खाने बालकमात्र बचे। काटेका नाक ओठ सबै जम्मा गरी राख्न आदेश भयो। जसले गर्दा कति रैति रहेछन् गन्न सकियोस्। अनि देशको नाम नै नष्कट पुर राखे। आदेश हरतरहले पालना गरियो। जतिसुकै दानवीय किन नहोस्। केवल मुखले बाजा बजाउने मात्र बच्न सके। फादर माइकल एंगेले कीर्तिपुरमा जनताको लागि दयाको भिख त मागिदिएका थिए। तर भिख पाएनन्। धेरैले त्यस यातनाको कारण आत्महत्या पनि गरे। अरु धेरैले हामी कहाँ औषधिमुलो खोज्दै आए। यति धेरै मानिसको काटिएको नाक र दाँतको दृश्य देख्दा साँच्चै नै मूर्दा त होइनन्? भनी दृश्य ह्दयविदारक हुन्थ्यो। (जर्नल अफ एसियाटिक सोसाइटी भोल्युम २ पृष्ठ ३१९)

त्यसैगरी कीर्तिपुर दखल भएको २३ वर्षपछि नेपाल आएका कर्क प्याट्रिकले यस्तो लेखेको पाइन्छ-

कीर्तिपुर……यस शहरमाथि विजय हासिल गर्नमा गोर्खालीलाई धेरै श्रम, सिप, धन र जन खर्च गर्नुपरेको थियो। साथै धेरै कष्ट सहनु परेको थियो। त्यसको प्रतिशोध स्वरुप विजय हासिल गरिसकेपछि त्यस ठाउँका बासिन्दालाई पक्री अमानवीय तरिकाले तिनीहरुको नाक, कान काटियो। हामीले यो कुरा हाम्रै भरियाहरु मध्ये धेरैको नाक नभएको देखी त्यसको कारण सोध्दा त्यस्तो जवाफ पायौँ र थाहा पायौँ। (कर्कप्याट्रिक -१६७)

अन्तमा यो घटना घटेकै देखिन्छ। नाक काटिएकै थियो। सत्यलाई जति बंग्याएर लेखेतापनि आखिर सत्य सत्य नै रहन्छ। यस विषयमा गुरु वंशावली सत्यताको धेरै नजिक पुगेको देखिन्छ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्