Logo

पुँजिबादी धरापबाट मुस्किलले बाँचेर उठ्दै गरेको गोपाल किराती


आश कुमार राई

नेपाली कम्युनिष्ट आन्दोलनले स्थापित गरेको कम्युनिष्ट नेतृत्वहरुमा कम्युनिष्ट आचरण मूल्य मान्यताहरु हराउदै गईरहेको अवस्थामा अझै पनि कोही त्यस्ता नेतृत्वहरुसँग कम्युनिष्ट आचरण जिबित छ ? भनी कम्युनिष्ट आचरण र जीवन शैलीहरु खोज्ने हो भने एक जना छुटाउनै नहुने नाम हो, गोपाल किराती ‘साईला’।

साईलाको मार्क्सबादी दर्शन, बिचार र दृष्टिकोणप्रर्तीको बुझाई स्पष्ट छ र त्यस लाई ईमान्दार तरिकाले आफ्नो जिबनमा कार्यन्वयन गर्ने कोशिस पनि गरेको देखिन्छ। किराती दर्शन-मुन्धुमलाई पहिलो पटक भौतिकबादी दर्शन तथा मालेमाबादी बिचारमा उठाउदै खम्बुवान, किरात वोर्कर्स पार्टी, किरात राष्ट्रीय मुक्ती मोर्चाको नेतृत्व सँगसगै राजनितिक बृतमा आफ्नो स्पष्ट बिचार स्थापित गर्दै तत्कालीन माओबादीसँग पार्टी एकता गरेर दश बर्षे जनयुद्धमा महत्वपूर्ण बैचारिक नेतृत्वको भुमिका खेलेका ‘साईला’ पार्टी भित्र पनि पार्टिको बिचारमा अडिक र कार्यक्रमप्रती प्रतिबद्ध अनि निडर क्रान्तिकारी छवि भएको नेताको रुपमा स्थापित थिए ।

प्रचण्डको नेतृत्वमा हुँदै गरेको जनयुद्धले गति लिन नसकि रहेको अवस्थामा नेकपा माओबादिले साईलाले नेतृत्व गरिरहेको पार्टिसँग एकता गरे पछि जनयुद्धले अनपेक्षित ढंङ्गले तिब्र गति लियो, कारण : पार्टी एकता पछि पार्टिको साङ्गठानिक संरचना संघिय ढाँचामा जातिय पहिचान र नामाङ्कण सहितकतको संरचना बन्यो जो साईलाको बिचार थियो। नेपालको सन्दर्भमा अहिले बर्गिय मुद्दा मात्र उठाएर पुग्दैन नेपालको सामाजिक साँस्कृतिक अनि जातिय विभेदहरुलाई पनि क्रान्तीसँग जोड्नु सकिएन भने ठिक ढंङ्गले क्रान्ति अगाडि जानू सक्दैन त्यसैले मुल कुरा सामाजिक र साँस्कृतिक सत्ताको परिबर्तन हो भन्ने कुरालाई राम्ररि बुझेर नै त्यो समाजको वास्तविक सामाजिक बिज्ञानको सापेक्षतामा साईलाले यो बिचार अगाडि सारेका थिए।

नेकपा (माओबादी केन्द्र)का अध्यक्ष गोपाल किराती

अन्तत : मगरात, तमुवान, खसान, नेवा, ताम्सालिङ, अवध, भोजपुरा, मिथिला, थारुवान, किरात/खम्बुवान, लिम्बुवान आदि संघिय राज्यमा आधारित पार्टिको संरचना बन्यो र त्यही पार्टिको बैज्ञानिक साँङ्गठानिक संरचना नै मुख्य आधार थियो  जनयुद्धको त्यो उचाई र त्यसको नेतृत्व प्रचण्डको ब्यतित्वको त्यो शिखर । त्यसैले ‘साँईला’ बिचार र कार्यसम्पादनको हिसाबले प्रचण्डको निकट मानिन्थे कि प्रचण्ड आफै पनि साईलाको बारेमा भन्ने गर्थे साँईला सतही वा सालाखाला नेताहरु भन्दा निक्कै माथिका नेता हुन।

निरन्तर क्रान्ती र परिबर्तनको पक्षमा अग्रणी भुमिका खेल्दै त्यो राजनितिक उचाईमा पुग्नु भएका क. साँईला’ गणतन्त्र घोषणा पछि दुई पटक संस्कृति मन्त्री भई विभिन्न साँस्कृतिक परिबर्तनको पहल कदमीहरु वहाँले लिनु भयो त्यसमध्य कत्ती सफल भए कत्ती असफल भए जस्तै पशुपति काण्ड वहाँको कार्यकालको निक्कै चर्चित काण्ड हो, पशुपतिनाथको मन्दिरमा जहिले भारतिय पुजारी ल्याएर राख्ने प्रचलनको अन्त्य गर्दै नेपाली पुजारी राख्ने निर्णय वहाँले नै गर्नु भएको थियो जुन काम असफल भयो तर असफल भए पनि वहाँ भित्रको परिबर्तन प्रतिको तिब्र ईच्छा शक्ति, राष्ट्र र भक्तिको प्रशंसा सँधै हुने गर्दछ। राज्य पुनर्संरचनाको बारेमा साँईला’ले पहिलो पटक आठ सय वटा स्थानिय निकाएको अबधारणा ल्याउदा उनलाई पागल सम्म भन्न भ्याएकाहरुले अन्तिम्मा ७५३ वटा स्थानिय तह बनाई कार्यन्वयन गर्न बाध्य भए।

आन्तरिक पार्टी जिबनको सवालमा पार्टी र नेतृत्व लाई जब संकट पर्थ्यो त्यत्ती बेला पार्टी र नेतृत्व लाई खुलेर सहयोग गर्ने साईलाले एमालेसँग पार्टि एकीकरण गर्ने कुरा सुरु भएको बेला पार्टी बिचार शून्य भई एकदमै कम्जोर भईरहेको थियो। पार्टीलाई नयाँ नीति योजना कार्यक्रम र नयाँ बिचारको बिकासमा उठाएर अगाडि बढाउनु पर्छ भनेर समुदायिक र भौगोलिक हिसाबले संङ्गठनिक संरचना बनाएर जाने जस्तै लिम्बुवान कम्युनिष्ट पार्टी, खम्बुवान कम्युनिष्ट पार्टी, ताम्सालिङ कम्युनिष्ट पार्टि, खसान कम्युनिष्ट पार्टी, मगरात कम्युनिष्ट पार्टिको अवधारणा साईलाले हाम्रो सामाजिक बिज्ञान तथा त्यसको ऎतिहाँसिकतालाई राम्ररी अध्यान गरेर नै ल्याएका थिए जुन निक्कै महत्वपूर्ण प्रस्ताब थियो।

हाम्रो समाज पुरानै धार्मिक साँस्कृतिक सामाजिक सत्ताद्वारा निर्देशित छ अथवा हाम्रो समाजको उत्पादक शक्ति निक्कै पुरानो रुढिबाढी चिन्तनको छ भने हाम्रो उत्पादन सम्बन्ध आधुनिक बिज्ञानको तहमा छ, त्यही हाम्रो उत्पादन शक्ति र उत्पादन सम्बन्धको बिचमा तालमेल मिल्न नसकेको कारण सबै कुरामा गडबडी भैरहेको छ । जसलाई तोडनको लागि सबै समुदाय तथा भुगोलहरुलाई साना-साना कम्युनईकाईको रुपमा स्थापित गराउदै पार्टिको संरचना र नयाँ कार्यक्रमसंग जोडेर पुरानो सामाजिक शत्ता तथा पुरानो समाजको उत्पादक शक्तिलाई फेरेर उत्पादकशक्ति र उत्पादक सम्बन्ध बिचको अन्तरबिरोधहरुलाई हटाएर बैज्ञानिक तहमा नयाँ प्रणालिको बिकाश गर्नु यसको मुख्य उद्देश्य थियो। यो द्वन्द्वात्मक भौतिकबाद तथा ऐतिहाँसिक भौतिकबादि चिन्तनमा नयाँ सामाजिक चेत  सहितको रुपान्तरण र नयाँ दृष्टिकोण थियो तर यो प्रस्ताबलाई बेवास्ता गर्दै पार्टी नेतृत्वको एउटा पंति पार्टी एकिकरणमा अगाडि बढ्यो।

लगभग पार्टी एकिकरणको नजिक थियो साईलाले आफ्नो पार्टिको नीति, बिचार र मुद्दाहरु सहित पार्टी एकीकरणमा जानू पर्छ भनेर फेरि नेतृत्वसंग पार्टी भित्र जोडदार माग राख्दै आए देशैभरिको आम क्रान्तिकारी कार्यकर्ताहरुको ध्यान साँईला तिर केन्द्रीत भैरहेको थियो त्यही साईलाको बिचारमा आम कार्यकर्ता केन्द्रीत हुने कुरा प्रष्ट देखे पछि आफ्नै केही बिकाउ चेला-चपेटाहरुलाई प्रयोग गरि साईला माथी पहिला  नियोजित तरिकाले उपराष्टपतिको कार्ड फालियो । उक्त कार्ड साँईलाको बिचार र ब्यक्तीत्वलाई सिध्याउन ग्राईन डिजाईनमा फालिएको हो भनेर स्वयम साईलाले बुझ्न नसकि उक्त डिजाईनमा फालिएको कार्डप्रती साँईलाको मौन समर्थन देखेर साईलाको बिचारमा गोलबन्द हुँदै गरेको आमकार्यकर्ता पंती निरास मात्र भएनन उनको नेतृत्व र ब्यक्तित्वप्रती पनि शंका गरि उक्त बिचारको वरिपरि रहेका समर्थकहरु पातलिन थाले र फेरि लगत्तै दोस्रो हतकण्डा उनलाई पार्टिबाट कार्बाहिको माग गरेर पार्टिको जिम्मेवारी बाट नियोजित तरिकाले हटाईयो।

चारित्रीक रुपले ‘साँईला’ ईमान्दार, निष्ठावान छन तर आफ्नो भलोको लागि को लागेको छन ? कस्को योजनामा आफूलाई सिध्याउन परिचालित छन ? को ईमान्दार छन ? को अवसर खोजिरहेको छ ? कसलाई कत्ती बिश्वास गर्ने?  कसलाई बिश्वास नगर्ने ? भनी स्पष्ट खुटाउन नसक्ने तुरुन्तै पत्तो पाउन नसक्ने सारै खस्रो स्वाभाब भएको, कुटनैतिक रुपमा पनि साँईला निक्कै कम्जोर छन भनेर मुल्यंकण गर्नेहरुलाई एक पटक फेरि त्यो घटनाले बल पुर्यायो र आम जनता र कार्यकर्ताहरुले भरिएको झुशी पाथी जस्तो भैसकेको बिचार र बिश्वास एकाएक निम्ठोमा आयो।

अन्तत : त्यो नेतृत्वले एमालेसँग पार्टी एकता गराई छाड्यो । त्यसपछी,  यो पार्टी एकता होईन घोर दक्षिणपंथी दलाल अभिजात बर्गमा बिलय हो भनी एकतामा नजाने पार्टिको बिचार र जनताको एजेण्डालाई नछोड्ने बरु पुन: पार्टी पुनर्गठन गर्ने भनी एकतामा सामेल नभएका साँईलाले भने जस्तै सरकार र पार्टिको क्रीयकलापहरु हेर्ने हो भने एकतामा सामेल भएका नेताहरु अत्यान्तै निरीह देखिनु सुन काण्ड, निर्मला हत्या काण्ड, एन सिएल काण्ड, वाईड बडि काण्ड, फोर जि काण्ड देखि अहिलेको चर्चित काण्ड बालुवाटारको सरकारी जग्गा लुटेको काण्डसम्म आउदा खरबौं भ्रष्टाचार गरेको देखिन्छ र यथास्थिती तथा दक्षिणपंथी कित्ताबाट टसमस नगरि त्यो कित्ता नछोडेको देख्दा साँईलाले नेकपा र उस्को नेतृत्व लाई लगाएको आरोप शतप्रतिशत ठिक हो भनी आफै प्रमाणित हुन्छ।

हालै सम्पन्न नेकपा माओबादिको आठौं महा-अधिबेशनबाट अध्यक्षमा निर्बाचित भएपछी साईला अब नेता मात्र होईन नेतृत्व पनि हुन । नेता र नेतृत्वमा भुमिकाले फरक पार्दछ त्यसैले नेता र नेतृत्व फरक फरक कुराहरु हुन। अध्यक्षमा निर्बाचित भए सगै प्रचण्डले ल्याङ्फ्याङ पारेर छोडेर गएको बिचार र मुद्दाहरुलाई अब साईलाले  कुशल नेतृत्व गरि अगाडि बढाउन सक्लान त ? हिजो प्रचण्डले नेतृत्व गरेको बिचारको नयाँ बिकाश कसरी गर्छन ? मालेमाबादको अहिलेको नयाँ सश्लेषण कसरी गरेर अगाडि बढ्लान? अबको संसदिय ब्याबस्था कस्तो हुने ? अब संसदिय ब्याबस्थाको बिकल्प वा बिकाश के हुन सक्छ? नेपालको नयाँ राजनितिक सश्लेषण के हो ? नेतृत्वको सवालमा उनि माथी लाग्ने गरेको नोकरसाही प्रवृत्तिको आरोपको जवाफ कसरी दिन्छन ? साईलाको कुट्नितिक कमीकम्जोरी छन भन्नेहरुले अब के भन्लान ? साइलाले आफूलाई प्रचण्ड भन्दा फरक क्रान्तिकारी कसरी देखाउछन? प्रचण्ड जस्तो मान्छे पुँजिबादी धरापमा पर्दा  मुस्किलले बँचेका साईलाले अब फेरि आफू लाई बचाउन सक्लान ? भन्ने जस्ता थुप्रै प्रश्नहरु यत्तिबेला साईलाको वरिपरि छन र साईलाले अबको नेतृत्वको उचाई बाट यी प्रश्नहरुको जवाफ कसरी दिन्छन? यहि जवाफहरुले नै साईलाको अहिलेको नेतृत्वदायी भुमिकाको अर्को नयाँ उचाई निर्धारण गर्नेछ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्