Logo

सेलिब्रेटीको क्रिकेट रङ्गशाला निर्माणको सहयोगार्थ


काठमाडौं । – धुर्मुस सुन्तली फाउन्डेसनले प्रदेश ३ को चितवनमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माणको लागि आयोजना गर्न लागेको मातृभुमि कप टी–२० क्रिकेट प्रतियोगिताको कीर्तिपुरस्थित टीयू मैदानमा सुरु भएको छ । पालको क्रिकेट विकासको लागि धुर्मुस सुन्तली फाउन्डेसनले स्वार्थरहित कार्य गरेकोले आफूले सकेको ठाउँबाट सहयोग गर्न पाउँदा खुसी लागेको कप्तान खड्काले बताए ।

चितवनको भरतपुरमा ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणको सहयोगार्थ धुर्मुस–सुन्तली फाउण्डेशनले शनिबार क्रिकेट प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगीतामा राष्ट्रिय टिमका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल आमनेसामने हुनेगरी खेल तालिका बनाइएको छ ।  पारस खड्काको कप्तानीमा ‘राष्ट्रिय टिम ए’ र ज्ञानेन्द्र मल्लको कप्तानीमा ‘राष्ट्रिय टिम बी’ बनाइएको कलाकार तथा फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल घुर्मुसले जानकारी दिए ।

‘मातृभूमि कप’ नाम दिइएको क्रिकेटमा नेपाली राष्ट्रिय टीमका खेलाडीहरुका साथै सेलिब्रेटीहरुको सहभागिता रहेको छ । त्रिवि क्रिकेट मैदानमा आयोजित खेलका लागि कलाकारहरुले केही दिन प्रशिक्षण समेत लिएका थिए । कलाकारहरुलाई राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक जगत टमाटा र कलाकार सुनिल थापाले प्रशिक्षण दिएका थिए ।

र, यस्तै कलाकारहरुको तर्फबाट मदनकृष्ण श्रेष्ठको कप्तानीमा ‘कलाकार ए’ र हरिवंश आचार्यको कप्तानीमा ‘कलाकार बी’ को टीम बनाइएको छ । जसको १० ओभरको खेल तय गरिएको छ ।  रङ्गशाला निर्माणको सहयोगार्थ प्रतियोगीता गर्न लागिए पनि यसबाट संकलित रकमको १५ प्रतिशत बारा र पर्साका आँधी प्रभावितहरुको लागि खर्च गरिने फाउण्डेशनले जानकारी दिएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्