प्रा.डा.सुरेन्द्र केसीको आक्रोश राजाले जोडेको सम्पती नेताले बेची खाए

डा.केसी राजनीतिक विश्लेषक हुनुहुन्छ । अहिलेका पुर्वराजा आफू स्वयम् इमान्दार बन्न नसकेको र व्यापारी को स्वरुपभएको ले राज सस्था र राष्ट्रियता यिनकै भुमिकाले बलियो होला भन्ने आसा उनका ओरिपरी झिगा भन्किरएका अनुहारहरु हेर्दा बिस्वास लाग्ने आधार नभएको र आफुलाइ शक्तिमा पुन उभ्याउन सके र हिजोको जस्तै ब्यवहार पुन दोहोर्याए भने त्यसबेला उनका लागि झनै दुखद हुने समेत उल्लेख गरेका छन ।
नगरिकता बिधेयक, नेपाली सेना र समग्र राजनीतिक अवस्थाबारे बोलेका केसी ले मुलुक जनताबाहेक कसैले जोगाउन नसकिने ठाउमा रहेको यथार्थ समेत प्रस्तुत गरेका छन ।
प्राध्यापक डाक्टर सुरेन्द्र केसीले बालुवाटारको प्रधानमन्त्री निवास समेत बेचेर खाने दलालहरुले सिहदरवारको जमिनमा समेत बेइमानी गरिरहेको भन्ने आफुले सुनिरहेको भन्दै यस्तो हुदा पनि नेपाली जनता मरेतुल्य भएर मौन बस्नु दुखद भएको भन्दै जनतालाई जिवित हुन अपिल गर्नु भएको छ ।
यो देश राजा महाराजाहरुले नै बनाएकोले देशको हितमा कामगर्ने विषयमा अहिलेका दलाल नेता भन्दा धेरै अब्बल रहेको समेत बताउनु भएको छ ।