दयाहाङ राई र श्वेता खड्काको चर्चित फिल्म ‘कान्छी’ युटुयुबमा राखियो

फिल्म एउटा अमर प्रेम र समर्पणको कथामा प्रेमको अर्थ खोज्ने प्रयास गरिएको छ । अभिनेत्री श्वेता खड्काको फिल्म ‘कान्छी’ को युटुयुबमा प्रिमियर भइरहेको छ । शुक्रबार बुढासुब्बाको युटुयुब च्यानलबाट प्रिमियर गरेकी हुन् ।
गाउँले प्रेमकथामा आधारित फिल्ममा श्वेतालाई दयाहाङ राईले साथ दिएका छन् । ‘कान्छी’ मा श्वेता र दयासँगै कलाकारहरु नीर शाह, अनु शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, प्रज्जवल सुजल गिरी, भूमिका श्रेष्ठ लगायतको अभिनय रहेको छ । भने आकाश अधिकारीले निर्देशनमा गरेका हुन् ।
यस फिल्म राम्रो हलहरुमा समेत चलेको थियो । यस्तै पुरुषोत्तम प्रधानको छायाँकन, अर्जुन पोखरेल र राजनराज सिवाकोटको संगीत रहेको ‘कान्छी’ मा बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ । निर्माताको रुपमा श्वेताका शैलेश खड्का र रविन खड्का सह निर्माताको रुपमा रहेका छन् । लेखन याम थापाको रहेको छ ।