Logo

‘घरजम’ चलचित्र छायांकन सम्पन्न : फु?लेन्देको बाउ निर्देशक


चर्चित कलाकार (फु?लेन्देको बाउ) मौसम ईम्बुङ लिम्बुको निर्देशनमा नेपाली चलचित्र ‘घरजम’को छायाङकन् सम्पन्न भएको छ । करिब १० बर्षको हङकङ बसाईसँगै फिल्मी क्षेत्रमा गुमनाम बसेका निर्देशक लिम्बूले लामो समयको अन्तरालपश्चात नेपाली चलचित्र पस्केका हुन् ।

लिम्बुहरूको किपटसम्बन्धी कथावस्तु समेटेर चलचित्र वि.सं.२०६३ मा ‘चेसुङ’ फिल्म निर्देशन गरेपश्चात कुनै फिल्ममा संलग्न नरहेका लिम्बूले पुर्वी नेपालको जनजीवन समेटेर नयाँ चलचित्र निर्देशन गरेका हुन् । कवि तथा कथाकार उपेन्द्र सुब्बाको कथा संग्रह ‘लाटो पहाड’मा समेटिएको कथावस्तुका केही अंशलाई समेटेर निर्माण सुरु गरिएको चलचित्र ‘घरजम’ पाँचथरको याङ्वरक र उपत्याकाको ललितपुरमा छायांकन भएको हो । कुशल इन्टरटेन्मेन्टको व्यानरमा किशोर पंधाक र सीता तुम्बापो पंधाकको प्रस्तुति रहेको घरजममा परिवारको एक सदस्यलाई घरजम गरिदिनको लागि भएको संघर्ष नै चलचित्रको कथासार रहेको छ । वैशाख पहिलोहप्तादेखि पोष्टप्रोडक्सनमा जाने घरजम साउनदेखि प्रदर्शनमा ल्याउने निर्देशक इम्बुङले जनाएका छन् ।

मौसम ईम्बुङ लिम्बु निर्देशक

चलचित्रमा सिर्जना सुब्बा, बुद्धि तामाङ, यासेली योङहाङ, कुशल थलङ, सुस्मा लिम्बू, किशोर पंधाक, सीता तुम्बापो पंधाक, हेमराज अन्छङ्बो, बबिता फोम्बो, इसिका जबेगु, जीवन भट्टराई, भरतमणि पौडेल, प्रेम ओझा, कुमार ढकाल, सागर केरुङ, घटिका थेबे, रवि सेर्मा, शैलेन्द्र थेबे, लक्ष्मी योङहाङ, बाबा मेन्याङ्बो, सञ्जय निङ्लेकु, दिनेश माङ्मु, नुनाम केरुङ, पुर्णिमा लिम्बू, कमिता तुम्बापो, सीता योङ्यालगायत छन् । चलचित्रको पहिरन तथा भेषभुष तेह्रथुमे ढाका बुटिकले गरेको हो ।

आशिष तावा र नुनाम केरुङले स्थानीय संयोजन गरेको चलचित्रमा मुख्य सहायक निर्देशक रवि सेर्मा, कोरियोग्राफर दिनेश माङ्मु, छायांकन युवराज राई, श्रृङ्गार विनोद तामाङ, कास्टिङ डाइरेक्टर सिर्जना सुब्बा, कला निर्देशक शैलेन्द्र थेबे र प्रोडक्सन म्यानेजर विमल धमला छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्