Logo

बलियो नेपाल यू १९ विश्वकप छनोट खेल्दै


आईसीसी यू१९ विश्वकप एक दिवसिय एसिया छनोट प्रतियोगिता शुक्रबारदेखि मलेसियामा सुरु हुँदैछ । ६ दिन सम्म चल्ने प्रतियोगितामा ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ । कुल १५ खेल हुँदा शीर्षस्थानमा रहन सफल हुने टोलीले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकप खेल्न पाउनेछ ।

नेपाललाई सधैं बाधक बन्दै आएको अफगानिस्तन यसपटक नहुँदा अझ सहज छ । विश्वकप खेल्नको लागि सबै खेलाडी मैदानमा जिम्जेवारका साथ भने खेल्न भने आवश्यक छ । नेपाली समर्थक र सुभचिन्तक पनि त्यसैकै प्रतिक्षामा छन् । तियोगितामा नेपालसहित मलेसिया, सिंगापुर, कुवेत, यूएई र ओमान छन् । राष्ट्रिय टोलीबाट खेलिसकेका र घरेलु फ्रेन्चाईज लिगमा उत्कृष्ट प्रर्दशन गरिरहेका खेलाडीको बाहुल्यता रहेको नेपाल अन्य देशको तुलनामा विश्वकपमा छनोट हुन बलियो र प्रमुख दावेदार टोली हो ।

अप्रिल ६ मा मलेसिया जानु अघि नेपाली यू१९ टोलीले भारतीय आन्द्र स्टेट क्रिकेट टिमसँग ६ अभ्यास खेल खेलेको थियो । जसमा ४ खेलमा विजयी हुँदा २ खेलमा भने हार ब्यहोयो । नेपालले खेलेका सबै अभ्यास खेलमा २ सय रन कटाएको थियो । अभ्यासको प्रर्दशनले सधैं कमजोर मानिने ब्याटिङ यसपटक भने बलियो रहेको पुष्टि गरेको छ ।

नेपाली टोली : रोहित कुमार पौडेल(कप्तान), सन्दीप जोरा, भीम सार्की, राशिद खान, रित गौतम, सुर्य तामाङ, पवन सरार्फ, प्रतिस जिसी, अभिषेक बस्नेत, हरि बहादुर चौहान, कुशल मल्ल, सागर ढकाल, आशिफ शेख, कमलसिंह ऐरी ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्