Logo

देखिने घाउहरु भन्दा नदेखिने घाउको पीडा अति धेरै हुन्छ-प्रेरक प्रसंग


१. यति धेरै पनि नरिसाउनुस् आफ्नासंग कि पछि गएर बोल्नको लागि वाक्य होइन बहाना खोज्न परोस ।

२. “पैसा” अनि “बैस” जिन्दगीभर रहदैन, त्यसैले बाचुन्जेल अहम होइन नम्र भएर बाच अनि हास ।

३. घोच्ने काडा हरु भन्दा खतरनाक हुन्छन बोलीने बचनहरु, काडाले घोचेको त उपचार पछि निको हुन्छ तर बचनले घोचेको त बल्झीरहन्छ ।

४. बिर्सियो भनेर नसम्झनु, तिमिले पराईलाई झैं गरेको ब्यवहार सहन नसकेर मौन बसेको मात्र हुँ !

५. भाग्यमा खोजेर पाउने भनेको त दुख मात्र हो , सुख त आफुले मेहनत गरेर पाउने हो ।

६. देखिने घाउहरु भन्दा नदेखिने घाउको पीडा अति धेरै हुन्छ ।

७. कहिलेकाही मन मा पिडा हुँदा नि हास्नु पर्ने रहिछ के थाहा तिमी लाइ पिडा हुँदा अरुले मजाक पो गरिरहेका छन कि ।

८. बोलीमा मिठास मात्र भएर के गर्नु , जब मनमै कालोपन भएपछि ।

९. एउटा राम्रो मन हजारौं राम्रो अनुहार भन्दा ठूलो हुन्छ त्यसैले जीन्दगीमा हमेशा यस्तो मान्छे छान्नुस जसको मन अनुहार भन्दा बढी राम्रो होस ।

१०. कोहि पराईलाई पाउँदा त्यति खुशी त नहोला यो मन तर त्यही पराईलाई पाए पछि गुमाउदा निकै पीडा हुदो रहेछ।

११. अरुको कुरामा बिश्वास गर्नुभन्दा पहिला एकचोटि सत्य बुझ्ने कोशिस गर्नु राम्रो ।

१२. धेरै सोचे, धेरै रोए, धेरै सम्झे अनि धेरै पर्खे पनि अनि महसुस भयो तिमी संग छुटिएर यति तड्पिनु भन्दा तिमीसंग भेट नै नभएको भए धेरै जाती हुन्थ्यो।

त्यसैले सम्हालिएर हिड्नुस , समान भावले जिउनुस , जिन्दगी को यात्रा छोटो छ । (द सक्सेस पोस्टमा लेखिएको छ ।) 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्