Logo

रोजगाारको लागि आर्कषक मकाउ : ऐतिहासिक खोज अनुसन्धान पाटो


-सुमन बाङदेल
मकाउ एक शासन दुई व्यवस्था अनुसार संचालन गर्ने शर्तमा पोर्चुगलले १९९९ मा चीनलाई हस्तान्तरण गरेको चीनया बिषेश प्रशासकिय क्षेत्र हो । यो पूर्वी चीनको प्रशान्त महासागरमा अवस्थीत दिप हो । मकाउ २७ बर्ग किमीबाट समुन्द्रबाट बिस्तार गरी ३३ बर्ग किमी फैलिएको क्षेत्रफल मकाउमा मुख्य जुवाको केन्द्रको रूपमा लिइन्छ र यस अवधिमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । हाल मकाउ र चीनको विकास नयाँ ऐतिहासिक आराम्भ बिन्दुमा रहँदैआएको छ । मकाउमा एक देश दुई व्यवस्था कार्यनीति रहेको छ । क्यासिनो र सुविधासम्पन्न होटलका लागि अमेरिकाको लासभेगास जस्तै चर्चित मकाउमा अहिले करिब चार हजार पाच सय नेपाली विभिन्न क्षेत्रमा काम गर्छन । मकाउका क्यासिनो, होटल, पसल, डिपार्टमेन्टल स्टोर र धनाढ्यहरूको मात्र नभएर सरकारी भवन र कारागारको सुरक्षा गर्ने जिम्मेवारी पनि नेपालीले पाएका छन । सुरक्षा बाहेक नेपालीहरूले कूक, वेटर, लन्ड्री, क्लिनिङ, हाउसकिपिङ, डोमेस्टिक हेल्पर लगायतका काम पनि पछिल्लो समय पाउन थालेका छन् । ती बाहेक हङकङ आईडी भएका केही नेपाली मकाउको निर्माण क्षेत्र र व्यापार व्यवसायमा पनि सक्रिय छन ्। करिब ६ लाख जनसंख्या रहेको चीनको स्वशासित मकाउ सन् १९९६ देखि वैदेशिक कामदारका लागि खुल्ला भएको हो जो पहिलो नेपाली जाने ब्यक्ति बिष्णु कुमार लिम्बु हुन । त्यहाँ अहिले नेपाली कामदारले मासिक रु.७५ हजारदेखि रु.८ लाखसम्म कमाइरहेका छन् ।

 

मकाउमा रोजगार गर्ने पहिलो ब्यक्ति विष्णु कुमार लिम्बुको दृष्ट्रिकोण
वैदेशिक रोजगारको सिलसिलामा पोर्चुगिज कोलोनी ‘मकाउ’ मा कानुनगत भित्रिएर कानुनगत नोकरी शुरु गर्ने पहिलो ब्यक्ति बिष्णु कुमार लिम्बु हुन। उनलाई एस.टी.डि.एम.कम्पनीबाट घरमा नै एयर टिकट सहितको कलिङ लेटर आएपछि बिष्णु कुमार लिम्बु कम्पनीको कलिङ लेटर अनुसार अगष्ट १९९६ मा भिआएए हङकङ हुँदै मकाउको यात्रा सुरु गरेका थिएँ । मकाउको फेरु स्टेसनमा इमिग्रेसनबाट पासहुँदा एस.टी.डि.एम.लिस्बोय कम्पनीबाट स्वागत गरेको थियो । त्यसपछि कम्पनीको व्यवस्थापन टिमसँग सुरक्षाकर्मीको रुपमा काम गर्नका लागि छलफल गरेसंगै खान, बस्न, तलव, भत्ता, मेडिकल विमा, वार्षिक विदा, हप्ताको विदा लगायतमा कम्पनी र रोजगारी गर्ने व्यक्तिसँग छलफल गरिे सम्झौता भयो ।

 विष्णु कुमार लिम्बु
मकाउमा रोजगार गर्ने पहिलो ब्यक्ति विष्णु कुमार लिम्बु

कम्पनीको नियम अनुसार सातै दिन काम गर्ने, दिनमा १२ घण्टा डियुटी गर्नुपर्ने, हप्ता र वार्षिक विदा नपाउने र लोकल चाइनिज सेक्रुटी गार्ड सरह मात्र तलव दिने कम्पनीको प्रस्ताव थियो । तर बिष्णु कुमार लिम्बुले गार्डहरू हङकङमा ६ दिन कडा काम गरेर हप्तामा एक दिन विदा गर्ने बानी बसी सकेकोले हप्तामा एक दिन विदा हुनुपर्छ । जो अन्तराष्ट्रिय आई.एल.ओ.को नियम अनुसार छ । हाम्रो गोर्खाजको परिवार नेपालमा छन् । त्यसकारण वर्षको एक पटक परिवारसँग भेटघाट गर्नको लागि आग्रह गरियो । कम्पनीले बिष्णु कुमार लिम्बुको कुरामा सहमति जनाइसकेपछि काम सुरु भयो । पहिलो पटक ३० जनाको खान, बस्न, इमेग्रेसन व्यवस्थापनपछि काममा लागियो । पहिलो पटक ३० जना नेपालीहरु विष्णु कुमार लिम्बु, समुन्द्र कुमार गुरुङ, बल बहादुर राई, बाउदमान लिम्बु, भिम बहादुर राई, बबिन्द्र कुमार लिम्बु, दलबहादुर लिम्बु, दलकेशर राई, धनराज गुरुङ, धनकुमार राई, गिर्जा बहादुर लिम्बु, गोबिन्द बहादुर थापा, ज्ञानसेर राई, हर्कजंग लिम्बु, कर्ण बहादुर लिम्बु, केशरसिं राई, लाखबहादुर तामाङ, बिष्णु बहादुर लिम्बु, लक्ष्मी बहादुर लिम्बु, लक्ष्मी प्रसाद पहिम, मोहन राई, नरकुमार तामाङ, नरेश कुमार राई, नयन्द्र बहादुर राई, रबिकुमार सुनुवार, राजकुमार लिम्बु, सम्मर बहादुर तामाङ, उपेन्द्रमान राई, बलराम राई र बाबुराम योन्य लिम्बु थिए । कम्पनीले गोर्खा सेक्रुटी गार्डको लागि ठुलो जिम्मेवारी दिएको थियो । हाल गोर्खाजको कामबाट प्रभावित भएर अझ थप गोर्खाजहरू मगाइयो । गोर्खाज सुरक्षा गार्ड अन्तर्गत बृटिस भुपु सैनिक, इण्डियन भु.पु.सैनिक, नेपाल पुलिस र आर्मीको भु.पु.हरूको काम गर्दै आएका छन् ।

 

विष्णु कुमार लिम्बुको आधिकारिक भिसा लागेको ऐतिहासिक पासपोर्टको फोटोकफी लगायत अन्य डकुमेन्टहरु

 

मकाउमा यसरी गोर्खाज सेक्रुटी स्थापित गर्ने काम भयो र स्थापित हुँदै गएको छ । नेपाली गोर्खाज साहसी, इमानदारी र अन्तराष्ट्रिय पहिचान भएको हुँदा मकाउमा अत्याधिक मन पराउँछन् । नेपालमा बेरोजगार, कमाईको आकर्षण र गोर्खाजको सम्मानले गर्दा नेपालीहरु धेरै मकाउ जान लालयित देखिन्छ । मकाउका एस.टि.डि.एम.कम्पनीका निर्देशक क्यासिनो किङ स्टेन्टली होले हङकङका गोर्खाज सेक्रुटीबाट प्रभावित भएर माउन्टेन ओभरसिज म्यानपावर हङकङकका निर्देशक पुष्पा गुरुङको सिफारिसमा विष्णु कुमार लिम्बु लगायन अरु साथीहरूलाई अवसर पाएको हो । किन भने हङकङमा विष्णु कुमार लिम्बु विल्सन कार पार्ककिङ लिमिटेडमा सेक्रुटी गर्दा एक अन्तराष्ट्रिय मोस्ट वान्टेट चोर पक्रेकोले विष्णु कुमार लिम्बु हङकङ पुलीसबाट क्यास अवार्डसहित ग्रेट प्राप्त हुनाले पनि सायद पुष्पा गुरुङलाई विष्णु कुमार लिम्बुको नाम सिफारिस गर्ने सजिलो भएको हुन सक्छ । तीन हप्ताभित्रमा मकाउको वातावरण र इमिग्रेसनका नियम क्यासिनोभित्रको सञ्चालन सेक्रुटी इत्यादिको प्रिकोर्ष गर्न आवश्यक पर्दछ । हङकङबाट दक्ष र अनुभवी प्रशिक्षकहरू झिकाई प्रशिक्षण दिने व्यवस्था गरी १९९६ अगष्ट २६ तारेखको दिन नेपाल फर्काइयो । २७ अगष्ट १९९६ मकाउबाट फर्के लगत्तै माउन्टेन ओभरसिज मेनपावर काठमाडौंमा विष्णु कुमार लिम्बु आफैंले अन्तरवार्ता गराएर ३० जना बृटिस आर्मीका भु.पु.सैनिकहरू १७ अक्टुवर १९९६मा मकाउ लगेर एक हप्ता क्यासिनो सेक्रुटीको रिफ्रेसगराएर डियुटी दिन सुरु गरियो । डियुटी सुरु भएपछि क्यासिनोेको भित्र पस्ने र निस्कने नियम अनुसार गोर्खाज सेक्रुटीहरूले इमानदार र कडाईका साथ काम गर्न थालेपछि क्यासिनोको दलालहरूभित्र छिर्न पाएनन् र दलालहरूको ग्याङमा गडबडी आउन थाल्यो । दलालहरूबाट यिनीहरू कहाँबाट आएको हो भन्दै खोजतलास र चासो दिन थालियो ।

 

विष्णु कुमार लिम्बु भेटघाट बिशेष ब्यक्तीहरुसँग

त्यहाँ पहिलेदेखि नै ६०० जना चाइनिज सेक्रुटीहरूले गार्ड गर्दै आएका सेक्रुटीहरूमा बिचलन आउन थाल्यो र हामी गोर्खा सेक्रुटीहरूलाई त्यहाँबाट नेपाल फर्काउने दुसप्रयासहरू भयो । अनेकौँ प्रलोभन देखाउने, डर, त्रास देखाउने, पैसा दिएर फकाउने समेत गरियो तर गोर्खाजहरू आफ्नो पसिनाको कमाई मात्र खाने भएको हुनाले त्यस्ता प्रलोभन घुस दिनेहरूलाई उल्टो बनाइदिए । यसरी हामीलाई चारैपट्टिबाट आक्रमण आउँदा गोर्खाहरूको भगवान् भनिने एस.टि.डि.एम.कम्पनीका निर्देशक‘क्यासिनो किङ’ मिस्टर स्टेनलिय होले नपालीलाई धेरै संरक्षक दिए । ६ महिनापछि, फेरि २० जना सेक्रुटीको कोटा थपियो । त्यसको वापत ५० जना भएपछि हामी अलिक दरो भइयो र एक वर्ष पश्चात क्यासिनो न्यू सन्चुरी गार्डमा हामी गोर्खा सेक्रुटीले एकलौटी सेक्रुटी दिन सुरु ग¥यौँ । गोर्खालीसँग गार्डफोर्सका फिलिपिन, बर्मिज चाइनिज गार्डहरू पनि सम्मिलित थिए । जब हामीसँग क्यासिनो न्यू सेन्चुरी गार्डमा काम गर्न सुरु ग¥यौ, त्यसपछि यस क्यासिनो अति फाइदामा हुँदै दु्रतगतिमा अगाडि बढेपछि बृटिस गोर्खाज सेक्रुटीले कभर गर्न नसक्ने भएपछि विष्णु कुमार लिम्बुले क्यासिनोसँग कुरा गरेँ । नेपालको भु.पु.आर्मी, भु.पु.पुलिस र भु.पु.इन्डियन आर्मीलाई कम्पनीको लागि सुरक्षा दिनका निम्ति कुरा राखेसँगै कम्पनीले सकारात्मक कुरा गरी अन्य गोर्खाजहरू सेक्रुटीको लागि मकाउ ल्याउन थाल्यो । त्योसँगै कम्पनीले गोर्खाज सेक्रुटीलाई ठुलो जिम्मेवारी दिइयो ।

विष्णु कुमार लिम्बुको मुख्य लक्ष्य भनेको जसै गरेर पनि गोर्खाली सेक्रुटी स्थापना गर्न थियो । नेपालमा बेरोजगारी भएर मकाउन आउनका लागि चाहाने साथीहरू यहाँसम्म आउनका लागि वातावरण निर्माण गर्न थियो । नेपाल र मकाउको पुल बन्न थियो । त्यो पुललाई चुटाउन खोज्नेहरूलाई प्रतिकार गरिन्छ भन्ने प्रतिज्ञा थियो । फलस्वरुप ‘पोर्चुगिज जेल गार्ड’को लागि पनि १०० जनाको कोटा थप गरियो र मकाउ जेलमा गोर्खाजहरूले सेक्रुटी गार्ड गर्न थाले । नेपालीहरूको लागि मकाउ एउटा राम्रो कर्मथलोको रुपमा भएको हुँदा मलाई अझै ठुलो गौरव लागेको छ । यो भन्दा अघि मकाउ गैरकानुनी रुपमा काम गर्थे पछि नेपाली कन्सोलेन जीवन शर्मालाई अनुरोध गरेपछि कानुनगत रुपमा मकाउ आउन बाटो खुलो र अहिले धेरै सजिलो भएको छ ।

विष्णु कुमार लिम्बु भेटघाट बिशेष ब्यक्तीहरुसँग

मकाउका व्यक्तिहरू स्टेन्टली हो, लुइसङ, कोवङ, पुष्पा गुरुङ र पोर्चुगिस गभरमेन्टलाई विशेष धन्यवाद दिनुपर्दछ गोर्खाजहरूको तर्फबाट किन कि बिकाराल परिस्थितिमा पनि गोर्खाजलाई इमानदारीताका मकाउमा रोजगार दिनु भयो । हाल गोर्खा सेक्रुटीहरू क्यासिनो सेक्रुटी, बडीगार्ड, हाउस गार्ड, होटल सेक्रुटी, रेजिडेन्सी सेक्रुटी आदिमा करीब ४५०० जना कार्यरत रहेका छन्, जहाँ गोर्खाज सेक्रुटी भनेर चिनिन्छिन् उनीहरूको उच्च सम्मान छ । उनका अनुसार राम्रो भबिश्यको खोजिमा मकाउ आएका र अहिले पनि मकाउ नेपालिहरुको लागी निकै आकर्षक गन्तब्य रहेको बताएका छन, मकाउमा जाने पहिलो नायक बिष्णु कुमार लिम्बु ।

 

गितकार तथा खेलाडी भुपेन्द्र जंङ्गराई मकाउमा काम गर्दै

मकाउको सुरक्षागार्डमा नेपालको खेलक्षेत्रमा ख्याति कमाएका खेलाडीहरू धेरै भेटिए । गितकार तथा धावक भुपेन्द्र जंङ्ग राईका अनुसार, मकाउमा कार्यरत करीब ४५०० नेपालीमध्ये ४०० जना नेपालको खेलकुद क्षेत्रमा पहिचान बनाएका छन ्। उनका अनुसार राम्रो भबिश्यको खोजिमा मकाउ आएका र अहिले पनि मकाउ नेपालिहरुको लागी निकै आकर्षक गन्तब्य रहेको बताउ छन । राई पहिला नेपाल आर्मी समेत हुन । राई जस्तै अन्य चर्चित खेलाडिहरु मकाउमा काम गरीरहेको छन ।

गितकार तथा खेलाडी भुपेन्द्र जंङ्ग राई

२०४२ मा भएको तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा बक्सिङमा स्वर्ण जितेर साफमा दुई पटक रजत र कास्य जितेका मानबहादुर श्रेष्ठ मकाउको जक्की क्लबको सुरक्षागार्डका कमाण्डर छन । त्यस्तैगरी अन्य फुटबल, मार्सल आर्ट आदिका खेलाडिहरु रहेका छन । २०६४ मा बक्सिङको बेष्ट प्लेयर अफ द इयर र बंगलादेश साफमा रजत पदक जितेका हेटौंडा हात्तीलेटका अजित गुरुङ विन क्यासिनोमा सेक्युरिटी गार्ड छन् भने कराँतेको राष्ट्रिय खेलमा ६ वटा र साफ गेममा एउटा गोल्ड मेडल जितेका मोरङका कृष्ण गुरुङ मकाउका धनाढ्य स्टान लि हु का निजी सुरक्षा गार्ड छन् । गोल्डमेडलिष्ट ‘बडीगार्ड‘ १० वर्षअघि रोजगारीका लागि मकाउ आएका सुन्दरपुर, मोरङका कृष्ण गुरुङ हङकङ र मकाउका अर्बपति डा. स्टान ली हुका पाँचमध्येका एक जना निजी सुरक्षा गार्ड हुन् । नेपालमा कराँतेमा ६ पटक गोल्ड मेडल जितेका अन्तर्रा्ष्ट्रिय खेलाडी कृष्ण छन् ।

गितकार तथा खेलाडी भुपेन्द्र जंङ्गराई अनुसार मकाउको कमाइले परिवारको भविष्य सुनिश्चित भएको बताउँछन् । गितकार तथा खेलाडी भुपेन्द्र जंङ्गराई अनुसार मेरो जीबनमा पैसा सबैथोक होइन एउटा समस्याको समाधान गर्नु मात्रै पैसा हो । मलाई लाग्छ माया, प्रेम र देशको स्वभिमानमा सधै बाच्छु । खेलकुद क्षेत्रमा समेत सक्रीय रहेको राई म्याराथुन्, साइकिलिङमा भाग लिने गरेको छन । स्वास्थ र इज्जतको लागि खेलकुद लागेको हुन । गितकार राईले प्रदेशमा बसेर समाजसेवा गरिरहेको छन । समाजसेवा अन्तर्गत किराँत राई यायोखा, तमु गेधुङ, लिम्बुको चुम्लुङ लगायत बिभिन्न जातिहरुले आफ्नो पर्व बर्षमा मनाउदा तथा गाह्रो सारो पर्दा समेत सक्रीय सहभागी भई समाजसेवा गरी राखेको छन ।

https://www.mundhumstar.com/2019/01/17/%E0%A4%85%E0%A4%A8%E0%A5%81%E0%A4%AD%E0%A4%B5-%E0%A4%85%E0%A4%A8%E0%A5%81%E0%A4%AD%E0%A5%82%E0%A4%A4%E0%A4%BF-%E0%A4%B0-%E0%A4%B8%E0%A4%AE%E0%A4%AF%E0%A4%95%E0%A5%8B-%E0%A4%95%E0%A4%AE%E0%A4%BE/?fbclid=IwAR1DAKYooUp7WtyNqlFRsK5dnTZzpjKrj01w62rebjbbin3JAEQXhv1MvOo#.XKSmX8p0cwc.facebook

 

मकाउमा पूर्ब शिक्षक शेरहाङ याक्सो
शेरहाङ याक्सो २० बर्षदेखी मकाउमा छन । उनी ताप्लेजुङ जिल्लामा स्वारस्वति माबि शिक्षण पेशामा कार्यरत हुदाँ मकाउ गएका हुन । उनका अनुसार राम्रो भबिश्यको खोजिमा मकाउ आएका र अहिले पनि मकाउ नेपालिहरुको लागी निकै आकर्षक गन्तब्य रहेको बताउ छन । मकाउमा आर्कषक तलब सुबिधा थियो भने अर्कातिर नेपालमा अस्थिर राजनिती लगायत बिबिध समस्याले बैदेशिक रोजगारीमा बिदेश जाानु परेको हो । नेपालीलाई गोर्खालि भनेर चिनिन्छ । गोर्खालि निती निर्देशक र नियम पालना गर्ने आफनो काम ईमान्दारी साथ पालना गर्ने, रोजगारीदाताको बिश्वासीला, शाहसी र बिरता भएकोले रोजगार पाएका हुन । मकाउमा रोजगारी गर्ने शेरहाङ याक्सोका अनुसार नेपालीहरु सिधा, ईमान्दार र नियम पालना गर्ने भएकोल रुचाईएको हो ।

पूर्ब शिक्षक तथा समाजसेबी शेरहाङ याक्सो

 

नेपालीहरु क्यासिनो सेक्रुटी, बडीगार्ड, हाउस गार्ड, होटल सेक्रुटी, रेजिडेन्सी सेक्रुटी आदिमा करीब ४५०० जना कार्यरत रहेका छन । यसरी हेर्दा नेपालमा महिनामा नै करौड रेमिटयान्स भिक्रिन्छ । अर्कातिर नेपालिहरुले मकाउबाट थुप्रै संघ सस्थाहरुबाट समाज सेवा समेत गरेको छन । भुकम्प जादा देखि ब्यक्तिगत बिमारीसम्मलाई साथ गरेको छन । शेरहाङ याक्सो किरात याथुङ चुम्लुङ मकाउका सहसचिब भएका सामाजिक सेवामा काम गरेका छन । त्यस्ते गरी यायोख्या, गुरुङ समाज, घाधुङ, एन आर एन आदि सक्रिय छन । मकाउको सुरक्षागार्डमा चिनियाँ, फिलिपिनी, बर्मेली, भियतनामीहरू भए पनि गोर्खालीको पहिचानका कारण नेपालीको माग डेढ दशक यता ह्वात्तै बढेको देखिन्छ । तर समस्याहरु पनि छन ।

नेपालीका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्य बन्न सक्ने मकाउ पठाउन सरकारी तवरबाट ध्यान पुग्न नसकेको फिलिपिन्स, इन्डोनेशियाले जस्तो त्यहाँ नेपाल सरकारको कुनै कार्यालय नरहनुले देखाउँछ । त्यहाँ कार्यरत नेपालीका लागि हङकङस्थित नेपाली वाणिज्य दूतावासले महीनामा एकपटक राहदानी नवीकरण गर्न कर्मचारी पठाउने गरेको छ । सरकारले ध्यान नपुर्यााउने हो भने हङकङमा जस्तै नेपालीले त्यहाँ पनि रोजगारी गुमाउन सक्ने खतरा रहेको मकाउमा कार्यरत नेपाली बताउँछन ।नेपाल सरकारको तर्फबाट बिशेष पहल हुनुपर्छ । मकाउ–नेपाल सीधा हवाई सेवा नहुनु र नेपालबाट मकाउ जाँदा र फर्कंदा हङकङको भीसा समस्य छन ।

 

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्