Logo

पन्जावले मुम्बईलाई विशाल लक्ष्य : आईपिएलको अंक तालिका हेर्नुस


एजेन्सी – ओपनर के एल राहुलले सानदार शतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को २४ औं खेलमा किंग्स इलाभेन पन्जावले मुम्बई इन्डियन्सलाई १ सय ९८ रनको विशाल लक्ष्य दिएको छ । मुम्बईको घरेलु मैदान वानखडेमा टस हारेर पहिला ब्याटिङ थालेको पन्जावले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९७ रन बनायो । पन्जाबका लागि ओपनर के एल राहुलले सानदार शतक प्रहार गरे । राहुल ६४ बलमा समान ६ चौका र छक्का प्रहार गर्दै १ सय रनमा नट आउट रहे । राहुलले १९ औं ओभरमा हार्दिक पान्ड्यालाई ३ छक्का र १ चौका प्रहार गर्दै कुल २५ रन बटुलेका थिए ।

त्यस्तै अर्का ओपनर क्रिस गेलले मात्र ३६ बलमा ७ छक्का र ३ चौका प्रहार गर्दै ६३ रनको महत्वपूर्ण योगदान दिए । सुरुवात देखिनै आक्रमक रुपमा प्रस्तुत भएका गेलले ५ र्औ ओभरमा जोसन बेहरनडोफलाई ३ छक्का र १ चौका प्रहार गर्दै २३ रन बटुले। गेल र के एल राहुलले पहिलो विकेटका लागि १२ ।५ ओभर सम्म १ सय १६ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । यी दुईबीचको साभेदारी बेहरनडोफलेनै क्रुनाल पान्ड्याबाट गेललाई क्याच गराउँदै तोडेका थिए । पन्जावका मिडिल अडरका ब्याट्सम्यान भने सस्तैमा आउट भए । करुण नायर ५, डेविड मिलर ७ र साम करन ८ रनमा पेभिलिएन फर्के ।

मुम्बईका लागि हार्दिक पान्ड्याले ४ ओभरमा ५७ रन खर्चिदा २ विकेट हात पारे । त्यस्तै जसप्रित बुमराह र जोसन बेहरनडोफले समान १ विकेट आफ्नो नाममा लेखाए । अभ्यासको क्रममा आज कप्तान रोहित शर्मा खेलेका छैनन् । मुम्बईको कप्तानी काइरन पोलार्डले गरेका छन् ।

अहिले सम्मको लिगको अन्क तालिका हेर्नुस

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्