Logo

लिम्बू भाषाको फिल्म ‘केःसाङ्ला’को विशेष च्यारिटी हुने


काठमाडौ – लिम्बू भाषाको संस्कृतिकमूलक फिल्म ‘केःसाङ्ला’ आउँदो २३ बैशाखमा विशेष च्यारिटी हुने भएको छ । ‘केःसाङ्ला’ को बिशेष च्यारिटि सो काठमाडौमा हुने भएको हो । शनिबार राजधानीमा एक समाहरोबीच फिल्मको एक गीत र ट्रेलर सार्वजनिक गर्दै चलचित्र निर्माण पक्षले उक्त जानकारी गराइएको हो ।

यसअघि यो फिल्म हङकङमा च्यारिटी शो गरिसकिएको छ । कार्यक्रममा कलम पोखरीस्थित बिग मुभिजमा ‘केःसाङला’को विशेष च्यारिटी शो गरिने जनाउँदै उक्त शोबाट उठेको रकम मध्ये केही प्रतिशत झापाको कमल गाउँपालिकाका मृगौला पीडित निर्मल फियाक लिम्बूको उपचारमा सहयोग गर्ने जनाइएको छ । फियाक केही समय यता दुवै मिगौला रोगबाट पीडित रहेका छन् ।

लोकेश साँवा लिम्बू निर्देशित फिल्म ‘केःसाङला’मा लिम्बू समुदायको परम्परागत बाजा च्याब्रुङको बायाँ भाग हिर्काउने सामाग्रीको कथालाई चित्रण गरिएको छ । साथै फिल्ममा लिम्बू जातिको रहन–सहन तथा विवाह संस्कुतिलाई पनि उजागर गरिएको छ । फिपरानी तुम्बाहाङ्फे, बिष्णुकुमार पन्धाक, भीमकुमार तुम्बाहाङ्फे र सञ्जय तुम्बाहाङ्फेको संयुक्त निर्माण रहेको यस फिल्ममा देबेन्द्र खापुङको कथा र पटकथा रहेको छ । फिल्ममा भीम तुम्बाहाम्फे, लक्ष्मी योङहाङ लिम्बु, बिशाल सेनेहाङ, याम्मनिङवा योङहाङ, मेनुका साउदेन, सनम पयाँगु, कुमार सुब्बा, कुमार लिम्बु, महिमा लिम्बु र गंगा तुम्बाहाम्फे लगायतको अभिनय रहेको छ भने छायाँकन भुपेन्द्र तुम्बाहाम्फेले गरेका हुन् । (सिलिचुङ टिभी बाट)

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्