Logo

ऐतिहासिक योद्धा स्व. नारदमुनि थुलुङ बास्तबमा को हुन ?


-शान्तो किराती

काठमाण्डौ- नारदमुनि थुलुङ नेपालका पूर्वमन्त्री हुन्। यिनी मातृकाप्रसाद कोइरालाको २००८ मंसीर १ गतेको मन्त्रीमण्डलमा पहिलोपटक मन्त्री भएका थिए। आजको दिन चैत २७ क्रान्ति नेता, प्रजातन्त्रवादि नेता स्व. नारदमुनि थुलुङ्गकाे जन्म दिन हो । एक ऐतिहासिक योद्धालाई हार्दिक सम्झना ! हार्दिक सम्मान !!

नारदमुनि थुलुङ्ग एक क्रान्ति नेताकाे नाम ! एक प्रजातन्त्रवादि नेताकाे नाम ! एक शैक्षिक नेताकाे नाम । जसले निरङ्कुश जहानिया राणा शासन अन्त्य गर्दै प्रजातन्त्र ल्याउनकाेलागि २००७ सालकाे सशस्त्र जनक्रान्तिमा भाेजपुरबाट शैक्षिक, राजनितिक तथा संगठनात्मक नृेतृत्व गर्नु भयाे । एक पहिचानको लागी लड्ने नायक हुन ।क्रान्तिकालमा भाेजपुरमा र्डियाे सञ्चालन गर्नु भयाे । २००८ देखि २०११ सम्म तत्कालिन सरकारमा रहेर विभिन्न मन्त्रालयकाे जिम्मेवारी सम्हाल्नु भयाे । त्यहिबेला २००७ सालका क्रान्ति याेद्धाहरुका लागि उदयपुरकाे बसाहामा बस्ति बसााल्नु भयाे । ती क्रान्ति नेता नारदमुनि थुलुङ्ग आज भन्दा ११० बर्ष अघि आजकै दिन बीस २०६५ चैत २७ गते भाेजपुरकाे नाैले गाउँ (नुटेन)मा जन्मनु भएकाे थियाे ।

को हुन थुलुङ ? नारदमुनि थुलुङकोे जन्म वि.सं. १९६५ साल चैत २७ गते शनिबार बिहान भोजपुर जिल्ला छिनामखुको नौले गाउँमा भएको थियो । उनी रिगासिंहका पनाति, जीवेश्वरका नाति तथा भीमराज र गौरत्नका ज्येष्ठ सुपुत्र हुन् । उनको न्वारानको नाम तलकराज भए पनि पछि उनका बडाबा र काकाहरुले नारदमुनिको उपनाम दिएका थिए । यही बोलाउने नामबाट नै उनी प्रसिद्ध हुन सफल भए । उनको प्रसिद्धि खम्बूवान प्रदेश र लिम्बूवान प्रदेशका खम्बू र लिम्बूमा मात्र सीमित नरही नेपालभरि नै पैम्लिएको छ । उनी बाल्य अवस्थामा तीक्ष्ण बुद्धिका थिए । उनले सुनेकै भरमा रामायणको श्लोक कण्ठस्थ गरेका थिए ।

दोस्रो विश्वयुद्धकै सिलसिलामा गोरखा सैनिकहरुलाई युद्धसम्बन्धी तालिम दिने क्रममा उनी इटली र ग्रीससम्म पुगेका थिए ।युद्धको समाप्तिसँगै उनले ग्रीस रेडियो स्टेशनबाट विश्वमा शान्तिको आवश्यकता र अपरिहार्यताका बारेमा बोलेका थिए । उनलाई आप्म्नो नेतृत्व विकास गर्ने तथा अन्य महत्वपूर्ण कुराहरु सिक्ने अवसर सैनिक जीवनमै मिलेको थियो । सैनिकजस्तो कठोर जीवनमा पनि उनी राजनीतिक गतिविधिबाट टाढा रहन सकेनन् । तुफानी दौडाहामा लागेका भारतीय नेता सुवासचन्द्र बोससँग उनको भेट भएको थियो । यस्तै अन्य नेताहरुका विचार ग्रहण गरेर सैनिक जीवनमा पनि उनी राजनीतिक गतिविधिमा नजिक रहेका थिए । नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भूपू सैनिक मित्रहरुसँग सम्पर्क राखेर अवस्था हेरी हातहतियार र रकमको सङ्कलन उनले पल्टनदेखि नै गर्न थालेका थिए । गोरखालीहरुको निःस्वार्थ भावना, वीरता आदिबाट प्रभावित भएका कारण अङ्ग्रेज सरकारले नेपालको विकासको निमित्त दिएको ‘कन्ट्री डेभलपमेन्ट फन्ड’ को पौने ४ करोड रुपैयाँ गोप्य रुपले लुकाएको विरुद्धमा लाग्नु नै उनको राजनीतिक क्रान्तिको लक्षण थियो ।

२००७ सालमा थुलुङ, रामप्रसाद राई र ज्ञानबहादुर लिम्बूले सङ्गठित गरेर राणाको विरुद्धमा क्रान्ति नगरेका भए २००७ सालमा राणा शासन पतन हुने थिएन । २००७ सालको क्रान्ति सफल पार्नुमा भूतपूर्व सैनिकहरुकै हात थियो । २०१२ सालपछि उनले एक प्रकारको सक्रिय राजनीतिलाई तिलाञ्जली नै दिएका थिए भन्दा पनि फरक पर्दैन । बीपी कोइराला र मातृका कोइरालाबीचको कलहमा उनले मध्यस्थता गरेका थिए । तर पछि उनी मातृकाको पक्षमा भए । २००७ सालको क्रान्ति सफल भएपछि नारदमुनि थुलुङ अन्तरिम मन्त्रिमण्डलमा प्रथमपटक स्वायत्त शासन मन्त्री र दोस्रोपटक मालपोत, वन र रक्षामन्त्रीसम्म भए । २०१५ सालको आम चुनावमा उनले नेपाली काङ्ग्रेसको टिकट नपाउँदा ओखलढुङ्गाबाट स्वतन्त्र उम्मेदवार भएर चुनाव लडेका थिए । २०१५ सालको चुनावमा नारदमुनि थुलुङलाई काङ्ग्रेसले टिक्न दिएन । उनको पराजय भयो । त्यसपछि उनी राजनीतिमा शिथिल भए । नेपाली काङ्ग्रेस फुटेर राष्ट्रिय प्रजा परिषद् बनाउन सहमत हुने उनी वि. सं. २००७ सालको घटनामा मौन रहे । काङ्ग्रेस र अन्य पार्टीको हविगत उनलाई स्पष्ट थाहा थियो । यस्तो स्थितिमा राजा श्री ५ महेन्द्र वीरविक्रम शाहदेवबाट चालिएको २०१७ सालको कदममा उनीसँग पनि सहमति खोजिएको थियो तर त्यस बेला उनी चुप रहे । वि.सं. २०१२ देखि वि. सं.  २०१७ सालसम्म उनी विशेष गरेर समाजसेवातिर उन्मुख भएको देखिन्छ । त्यस समयमा उनले उदयपुरको बसाह क्षेत्रमा झोडा फडाएर बस्ती बसाएका थिए । उनले २०१३ सालमा बसाहामा स्कुल खोलेका थिए । त्यो अहिले उच्च माध्यमिक विद्यालयको रुपमा विकसित भएको छ । त्यस विद्यालयको नाम ‘नारद आदर्श माध्यमिक विद्यालय’ रहेको छ ।

थुलुङको नेतृत्वमा २००७ साल मङ्सिर २४ गते जहाँनियाँ राणा शासनको पञ्जाबाट छुट्याई भोजपुर जिल्लालाई मुक्तिक्षेत्र घोषणा गरियो तर महामानव बीपी कोइरालाले मङ्सिर २४ गतेको भोजपुर कब्जाको मितिलाई विराटनगरको भन्नुपर्छ भनेका थिए । शायद उनले आपूम्लाई बलियो बनाउन यसो भनेका होलान् तर देशभक्त थुलुङले भोजपुर कब्जामा संलग्न भएका योद्धाहरु र वीर जवानहरुको आँखामा छारो हाल्न दिएनन् र सो कार्य गर्न हुँदैन भनी अडान लिए । लगभग त्यसै सालदेखि नै महामानव बीपी । कोइरालाले उनलाई किनारा लगाउन थालेका हुन् । २०१५ सालको चुनावमा पनि उनलाई काङ्ग्रेसले टिक्न दिएनन् । वास्तवमा काङ्ग्रेसले उनलाई सोह्रै आना अर्घेलो ग¥यो । २०३६ सालको जनमत सङ्ग्रहमा भने उनी खुलेरै बहुदल पक्षमा देखिए ।उनका अन्तिम दिनहरुमा पूर्वाञ्चल किराँत विश्वविद्यालयको परिकल्पनासम्म साकार हुने स्थितिको रुपरेखा तयार हुन नसकेकोमा उनलाई धेरै पश्चात्ताप लागेको थियो । ‘जो गर्नु छ, अगाडि नै गर्नुपर्ने रहेछ’ भन्दै आप्म्नो इच्छालाई थाँती राखेर उनी यस भौतिक जगत्लाई छाडी २०४७ साल माघ २२ गते सोमबार मध्यदिनको १२ः३० बजे ८२ वर्षको उमेरमा दिवङ्गत भए ।प्रजातन्त्रका लागि मरिमेट्ने सेनानी थुलुङबाट स्वतन्त्रता, सेवा र सहयोग पाएका व्यक्तिहरु र प्रजातन्त्रप्रेमी नेपाली जनताले उनको सन्देशलाई व्यावहारिक रुपमा उतारेका छन् होला । नेपालको इतिहासका महान नेता, समाजसुधारक, शिक्षाको ज्योति पैम्लाउने, प्रजातन्त्रका सेनानी, एक नायक हुन ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्