कम्युनिस्ट पार्टीको राजनीति गर्न सम्पतिको लोभ गर्नेहरुले सक्दैन-सी जिनपिङ

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी जिनपिङले व्यक्तिगत धन सम्पतिको लोभ गर्नेहरुले कम्युनिस्ट पार्टीको सदस्यता लिन नहुने बताएका छन् । राष्ट्रपति सीले व्यक्तिगत धन सम्पतिको जोह गर्ने कम्युनिस्ट नेताहरुले देश, जनता र कार्यकर्ताको सेवा गर्न नसक्ने बताए । ७ दशकदेखि त्यहां कम्युनिस्टकाे शासन छ त्यसैबेला भ्रष्टाचार माैलाएछ र त त्यहां भ्रष्टाचार भयावह छ ।
कुनै नेताले कार्बाही गर्नु ठुलाे कुराे भएन बरु कम्युनिस्ट शासनमा निजि सम्पति नहुने, आर्थिक समानता हुने काेहि पनि व्यक्तिगत सम्पत्ति र स्वार्थमा नलाग्ने भनिईकाेमा समाजवादी शासन भित्रैबाट पनि भ्रष्टाचार जन्मनु उदेक हाे । चीनमा भ्रष्टाचारविरुद्ध विशेष अभियान चलाएर विश्व चर्चित बनेका सीले नीजि धन सम्पतिको लोभ गर्नेहरुले कम्युनिस्ट पार्टीको राजनीतिमा लाग्नुभन्दा व्यपारमा लाग्न सुझाव समेत दिएका छन् ।चिनियाँ कम्युनिस्ट पार्टीका १९ औं महाधिवेशको पूर्वसन्ध्यामा पार्टीका आन्तरिक प्रशिक्षणमा राष्ट्रपति सीले उक्त भनाई राखेको चिनियाँ संचारमाध्यमहरुले बताएका छन् ।
जब देशमा भ्रष्टाचार मौलाउन थाल्दछ तब राज्यको अवन्नती शुरुआत हुन्छ र राष्ट्रिय ढुकुटी रित्तिदै जान्छ।धनिहरु झन्झन् धनी हुँदै जान्छ्न ।गरिवहरु झन्झन् गरिव हुँदै जान्छन् र देश भित्र धनि र गरिव विचको ग्याप झन्झन् फराकिलो र डरलाग्दो बन्दै जान्छ। त्यसकारण भ्रष्टाचार रोक्नु पर्ने अत्यन्तै जरुरी छ । राष्ट्रपति सी र उनको विचारलाई संविधानमा सामेल गर्न संविधान संशोधन गर्नुपरेको हो । माओ चदुङ र उनका उत्तराधिकारी तङ स्याओफिङको विचारधारा सामेल गर्न पनि यस्तै संशोधन गरिएको थियो । पूर्वराष्ट्रपतिद्वय हु चिन थाओ र चियाङ चमिनको विचारधारा संविधानमा सामेल गरिए पनि उनीहरूको नाम भने संविधानमा उल्लेख गरिएको थिएन ।
सीलाई कम्युनिस्ट पार्टीको नियमको हवाला दिएर कसैले पनि चुनौती दिन सक्नेछैन । सीको राजनीतिक विचारधारा अब चिनियाँ विद्यालयका पाठ्यक्रममा राखिने भएको छ । परिवर्तनकारी नेताका रूपमा उनको चित्रण गर्दै राष्ट्रवादी भावना वृद्धि गर्न यसबाट सहयोग पुग्ने बताइएको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार शिक्षामन्त्री चेन बाओसङले महाधिवेशनको शुरुवातमा पेश गरेको नयाँ विचारधारा पाठ्यक्रममा राखिनेछ । सीको विचारधारा निम्नमाध्यमिक तहमा पढाइनेछ । त्यसैगरी जनमुक्ति सेनाले पनि सीको अभियानको समर्थन गर्दै आएको छ । महाधिवेशनले राष्ट्रपति सी दोस्रो कार्यकाल पार्टीको महासचिव बनाउने बताइएको छ ।