Logo

मेगास्टार राजेश पायल राईको ‘दर्शन नमस्ते-४’ सार्वजनिक



काठमाडौं-
नेपाली गायन क्षेत्रका मेगास्टार राजेशपायल राईको महत्वकांक्षी एल्बम सिरीज हो, ‘दर्शन नमस्ते’ । गायन क्षेत्रमा ‘राई इज किङ’का रुपमा चर्चित उनले ‘दर्शन नमस्ते’ सिरीजलाई प्राथमिता दिँदै आएका छन् । यसैक्रममा गायक राईले मंगलबार राजधानीमा एक भव्य समारोहबीच ‘दर्शन नमस्ते–४’ एल्बम सार्वजनिक गरेका छन् । एल्बमलाई बरिष्ठ कलाकार भैरवबहादुर थापाले सार्वजनिक गरेका छन् ।

हजारौँ फिल्म गीत तथा आधुनिक गीतका गायक राजेशपायलको यो १९औँ एल्बम हो । नेपाली गायन क्षेत्रकै नक्षत्र मानिने राजेशपायलको ‘दर्शन नमस्ते’ सिरीजलाई सार्वजनिक गर्दै थापाले अझ सफलताका लागि शुभकामना दिए । बाक्लो पत्रकारहरुको उपस्थितिमा एल्बम सार्वजनिक गर्दै प्रमुख अतिथि थापाले भने, ‘राई इज किङको पाइलाले यसरी नै अटुट सफलता पाउँदै जाउन्, शुभकाना ।’ साप्ताहिकको प्रस्तुती रहेको एल्बम ‘दर्शन नमस्ते–४’मा सात वटा गीत समावेश छन् । जसमा टाइटल गीत नै तीन वटा रहेका छन् ।

 

 

अन्य मोहनी, केकी, तिमी विना र यी दुःखहरु बोलका गीत रहेका छन् । यी सबै गीत ओठमा झण्डिने खालका रहेका छन् । एल्बमका गीतहरुमा शब्दरचना क्रमश उत्तमजंग लिम्बू, डम्बर नेपाली, महेश खड्का, भद्रकला आङ्बुहाङ राई, विशाल राई हसिन, बसन्त सापकोटा र टिका चाम्लिङको रहेको छ । जसमा उत्तमजंग लिम्बू, डम्बर नेपाली, महेश खड्का, बादल लिम्बू, सन्तोषराज, महाराज थापा र अम्बर गुरुङको संगीत रहेको छ । कार्यक्रममा राजेशपायलले एल्बममा समाविष्ट दर्शन नमस्ते टाइटलका दुई गीत प्रस्तुत गरेका थिए ।(बिशालचौतारी डटकम खबर छ ।)

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्