Logo

नयाँ आ.व ०७६/०७७ को योजनाको लागी संघिय सांसद विशाल भट्टराईसँग होलैसुङ समूहको छलफल


 

-मान्सुङ चाम्लिङ
आर्थिक वर्ष २०७६/२०७७ को वार्षिक कार्ययोजना सरकारले स्थानिय सरकारले छलफल सुरुगरेसँगै होलैसुङ समूहले पनि संघिय सांसद माननिय विशाल भट्टराईसँग छलफल गरेका छन् । समूहले हलेसी तुवाचुङ नगरपालीका र लिम्चीबुङ गाउँपालीका उदयपुरसँग जोड्ने कुनाही बतासे तथा छैंटो घाटपाखामा पक्की सडक पुलको लागी विशेष पहल गर्न सम्बन्धित निकायहरुमा योजनामा पेश गर्न माननियलाई अनुरोध गरेका छन् । यसैगरी होलैसुङ जनकराज राईमार्ग स्तरउन्नती, मोतिप्रसाद राई–कृष्णराम राई फुटवल रंगशाला स्तरउन्नती, लगायत समसामयिक विकासका कार्यक्रमहरुको बारेमा छलफल गरिएको थियो ।

माननिय भट्टराईले आफ्नो संयोजनमा सम्बन्धित मन्त्रालयहरुमा आवश्यक पहलकदमी लिने तथा समूहले स्थानिय सरकार हलेसी तुवाचुङ नगरपालीका र लिम्चीबुङ गाउँपालीकासँग थप आवश्यपक सहकार्य गर्दै, प्रदेश सरकार एक र प्रदेश माननियहरुसँग आवश्यक समन्वय गर्न तथा अगाडी बढ्न सुझाव दिनु भएको हालैसुङ समूहका अधिवक्ता खड्ग राईले बताए ।

स्मरण रहोस होलैसुङ समूहले आफ्नो पहलकदमीमा एक करोड बराबरको रकम संकलन गरेर स्थानिय सडक निर्माणसँगै नगरपालीका तथा प्रदेश सरकारको आर्थिक सहकार्यमा सडक स्तरउन्नती लगातका कार्यहरुमा सहकार्य गर्दै आइरहेको छ । साथै शिक्षा, स्वास्थ्य लगायतमा १० लाख बढी आर्थिक संकलन गरेर समूदायहरुको सेवा गरिसकेका छन् ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्