मुन्धुममा फूल काट्ने विधि एक बृहत खोज र अनुसन्धान
शान्ती किराती
हाम्रो ओर्जिनल सास्कृतिक सस्कृतिमा रहेर केहि आर्टिकल तयार गर्ने कोशीस गरेको छौ । फूल काट्ने विधि “आज त तिम्रो ढुङ्गे फूलले पनि फ्याँक्यो । याकुरी फूलले पनि फ्याँक्यो । चुवा फूलले पनि फ्याँक्यो । सालको फूलले पनि फ्याँक्यो । साधन फूलले पनि फ्याँक्यो । वडहर, कटहरको फूलले पनि फ्याँक्यो । आँपको फूलले पनि फ्याँक्यो । विलाउने चिलाउनेको फूलले पनि फ्याँक्यो । खराने र खोल्मे फूलले पनि फ्याँक्यो । गुँरासको फूलले पनि फ्याँक्यो । सिलिङ्गे खस्रुको फूलले पनि फ्याँक्यो, रोची फूल साम्सी फूलले पनि फ्याँक्यो । असारे धोगे फूलले पनि फ्याँक्यो । चम्पा चाँप फूलले पनि फ्याँक्यो । मुरछे फूलले पनि फ्याँक्यो । बुकी फूलले पनि फ्याँक्यो । आजदेखि तिम्रो लाउने फूल हिरिङ्गे फूल है तु तु तु हई हई हई, तु तु तु हई हई हई, तु तु तु हई हई हई ।” यति भनेर धामीले खुकुरीले रेखी काट्छ ।
धामीले चार दाम पैसा र बान्छरको तितेपाती पानी, खन्ने सामग्री र खन्ने मान्छे लिई चिहान खन्न जान्छ र धामीले ठाउँमा पुगेपछि तिमी यो ठाउँमा बस्नू । दायाँ बायाँको भूत पिशाचसँग मिलेर बस्नू । बाझ्यौलड्यौ भने वायुले देख्छ । आकाशले देख्छ । चार दाम पैसाले जमिन किनिदिएका छाँै ।” यति भनेर चुङ्गेको पानीले लास गाड्ने क्षेत्र घेर्छ । नोट ः जमिन किन्न जाने प्रक्रिया तकिरात क्षेत्रमा लास दबाउने ठाउँ टाढा हुनाले एकै चोटि लास ल्याएर दबाउने ठाउँ चार दामले किन्ने चलन छ ।
कुवी धामी फर्किगएर बाटो लगाउँछ नाछिरिङ किरात जाति चारैतिर छरिएर बसे तापनि बाटो लगाउँदा मृत्यु भएको अघेनादेखि स्थानीय भूमेचार पु¥याउने र त्यहाँदेखि हाम्रो पूर्वजको भूमेचार राधाम्मा चार पु¥याएर यथावत बाटो दिने चलन छ । “आज त तिम्रो अघेनाले पनि फ्याँक्यो । तिम्रो मुन्दरी खोदरीले पनि फ्याँक्यो । तिम्रो मेलो डालोले पनि फ्याँक्यो । तेरा दाजुभाइले पनि आजदेखि फ्याँके । तिम्रो अघेनाबाट चोक्चोलुमा जानू है छोरा÷छोरी । चोक्चोलुबाट संघारमा निस्कनु है । संघारबाट सिकुवामा जानू है छोरा÷छोरी , सिकुवाबाट आँगनमा जानु है सालीवुपौ आँगनबाट गिलिङखा रथमा –भूमेथान ) मा जाऊ है साली वुपौ तु तु तु हई हई हई, तु तु तु हई हई हई, तु तु तु हई हई हई ।” यति सके पछि कात्रोलगाई दिन काम हुन्छ ।
लगाउने तरिका
(क) बूढी माउले घुम्राडीजस्तो कात्रो सिलाएर तयार पारेको हुन्छ । कात्रोमा लासलाई लगाइन्छ र ६ वटा हरियो बाँसको सुइरोले अनुहारमा खुला राखेर बाँकी कपडा सिलाइन्छ । (ख) छोरा र घर परिवारले मरेको मान्छेलाई बाँया हातले उल्टो गरी उल्टो वान्छेरमा तयार पारिएको घरको जाँड , यो घरको जाँड है, यो वातोको जाँड है भन्दै बिदाइग¥यौँ है भन्दै मुखमा लगाइदिइन्छ । (ग) घरबाट मुखमा एक मोहर पैसा, तिम्रो भोख तिर्खा मार्नू है , किनेर खानू है भन्दै लगाइदिइन्छ ।
“गिलिङ खा रथमाबाट राधाम्मा जानू है साली वुपौ, राधाम्मादेखि कुलुवा जानू है साली वुपौ, कुलावादेखि विदिदी वेलेपा जानू है साली वुपौ, विदिदी वेलेपादेखि तसुवा जानू है साली वुपौ तु तु तु हई हई हई, तु तु तु हई हई हइ, तु तु तु हई हई हइ ।” “तसुवाबाट तदुवा जानू है साली वुपौ, तदुवादेखि पिपिचो वुचो खुतको पुयुखामा जानू है सालि वुपौ तु तु तु हई हई हई, तु तु तु हई हई हइ, तु तु तु हई हई हइ ।” “रुवुसी पोमोवा पोलेर खानू है । तिम्रो भोक लाग्यो होला साली वुपौ, पिपिचो वुचो खुतको पुयुखादेखि दाम्दरु जानू है साली वुपौ, दाम्दारुदेखि विदिदी वेलेपा जानू है साली वुपौ, विदिदी वेलेपाबाट ङ्यार्मलु जानू है साली वुपौ तु तु तु हई हई हई, तु तु तु हई हई हइ, तु तु तु हई हई हइ ।”
“ङ्यार्मलुबाट राधाम्मा जानू है साली वुपौ, राधाम्माबाट सुम्कौ (लितुम्मा) जानू है साली वुपौ तु तु तु हई हई हई, तु तु तु हई हई हइ, तु तु तु हई हई हइ ।” “त्यहाँ पुगेपछि नुहाइधुवाइ गर्नू कपडा धुनू है साली वुपौ, लितुम्मादेखि चङ्गेलु मंगेलु जानू है साली वुपौ त्यहाँ पुगेर लुगा सुकाउनू है साली वुपौ तु तु तु हई हई हई, तु तु तु हई हई हइ, तु तु तु हई हई हइ ।” “चङ्गेलु मंगेलुबाट विदेल हुनुखा कुईथा जानू है साली वुपौ, त्यहाँ भूतको पनि भूत छ झिँगा भुसुना जस्तो भएर यो खुकुरीले मुसो धोक्सो गर्दै जानू है साली वुपौ तु तु तु हई हई हई, तु तु तु हई हई हइ, तु तु तु हई हई हइ ।”
(यतिखेर लासको दाहिने हातमा धार मारी खुकुरी लगाइदिइन्छ )
“हुनुखा कुइथाबाट लिदुङ खोला जानू है साली वुपौ, त्यहाँ सुँगुरको पुच्छर पक्रेर पार तर्नू है साली वुपौ तु तु तु हई हई हई, तु तु तु हई हई हइ, तु तु तु हई हई हइ ।”
“लिदिङ्ग खोला तरेर (कोकोलु ) छाला ढुङगा मा जानू है साली वुपौ, कोकोलुबाट भरवा जानू है साली वुपौ भरवादेखि वंख खोला जानू है साली वुपौ, वंख खोलादेखि सुक्सु धाम्रो जानू है साली वुपौ तु तु तु हई हई हई, तु तु तु हई हई हइ, तु तु तु हई हई हइ ।” “सुक्सु धाम्रोदेखि दिमावु वुयाप्सा कम्पमउमा जानू है त्यहाँ रिचिलंग (पैसा)ले पानी किनेर तिर्खा मेट्नू है साली वुपौ तु तु तु हई हई हई, तु तु तु हई हई हइ, तु तु तु हई हई हइ ।”
“दिमावु वुयाप्सादेखि चिचिली खेरेखा छोर्लुमामा गएर बस्नू है साली वुपौ । तेरो खाने पिउने बस्ने घर छ । जहाँतहाँ नजानू । तेरो सबै साथीभाइ शाखा सन्तान त्यँही छ । चिनाजाना गर्नू मेलो डालो गर्नू । त्यँही बस्नू खवरदार दाँया बायाँ नजानू है तु तु तु हई हई हई, तु तु तु हई हई हइ, तु तु तु हई हई हइ ।”