‘स्काभेटर’ कबिता
भिम राई(माक्पाली कान्छा)
म निदाएकाे बेला
चलाएर मलाई
घुसारेर चाँबी
हल्लायाै तिमिले
त्यसै बेला
भत्काएकै हुँ
तिम्राे भुमेथान
बिगारेकै हुँ आस्थाकाे देउराली
नष्ट पारेकै हुँ
तिम्राे चुचुकाे चाैतारी
पिपिकाे समाधी स्थल
ढालेकै हुँ मैले
तिम्रै पुर्खाले राेपेकाे वर पिपल
पुरेकै हुँ तिमले पिउने चारीकु
छाेपेकै हुँ सेताे माटाेले
तिम्राे तिनचुला
लडाएकै हुँ
व्वालेम र पुर्वे बस्ने काेठाहरु
शिकारी र हुत्पा गर्ने थानहरु
लेलेछी, एक्ले, वगले पुज्ने डिलहरु
म निन्द्रामा भएकै बेला
मलाई चलाएपछि
अनिष्ट निम्तिने गरि
चलाएकै हुँ धर्तिलाई
किन कि
म फलाम जडित
स्काभेटर न हुँ
विकासकाे नाममा
मलाई ब्युझाएर
जबर्जस्त
अर्काकाे छातीमा
अंग दल्नु
मेराे रहर हाेईन
बाध्यता हाे
हाे त्यहि बाध्यतामा
म विवश छु
सम्झी रहेछु
मैले धर्तिमा
केही अंगहरुले
डाेब लगाएँ
पाप गरे कि पुन्य?
सुन्छु
त्यस समागमबाट
विकास जन्मेकाे छ रे
देख्नै नपाई हराउने
छाेराे कसरी जन्म्याे
साेचीरहेछु म
चाैरस्तामा उभिएर
खाेजी रहेकाे छु
हराएकाे त्याे विकास
मानिस भित्रकाे
काेमल मानवता
आस्था र विस्वासका
आधारहरु
अब कहाँ विसाउलान बटुवा
कहाँ पुज्लान देउरालीलाई
कसरी नाच्लान
भुमे पुजेर साकेला
पुर्वे र शिकारी पुजा गर्न
कुन रुखकाे फेदमा जालान उनिहरु