Logo

वाइसियल नेपाल ताप्लेजुङले पुन आर्थिक राहत सहयोग गर्यो आँधी पिडितलाई


-मान्सुङ चाम्लिङ
चैत्र १७ गतेको आएको आँधी हुरीले वारा र पर्साका पिडित परिवारलाई वाइसियल नेपाल ताप्लेजुङ जिल्लाले पुन आर्थिक सहयोग संकलन गरी ताप्लेजुङ जिल्ला वाइसियल इन्चार्ज राजन लिम्बु (क. मुक्ति) द्धारा केन्द्रिय सचिव मिङ्मा डण्डु शेर्पाको उपस्थितिमा केन्द्रिय अध्यक्ष राम प्रसाद शर्मा (दिपशिखा) लाई रु.५०,०००। हस्तान्तरण गरेका छन् । फुङलिङ नगरपालीकाको वडा अध्यक्ष क. जितेनको संयोजन तथा नगर इन्चार्ज विनोद भारती सहितको टोलीले उक्त रकम संकलनमा सहयोग गरेको थियो । ताप्लेजुङ जिल्लाको वाइसियल नेपालको तर्फबाट प्रथम पटक रु.१२,०००। आर्थिक सहयोग प्रदेश एक वाइसियल नेपालमा आर्थिक सहयोग प्रदान गरिसकेका थिए ।

स्मरणरहोस आँधीहुरी पिडितहरुको सहयोगको लागी वाइसियल नेपालका केन्द्रिय अध्यक्ष दिपशिखा लगायतको टोली घटनास्थलमा पुगेर आपत्तकालिन सहयोगमा मलम लगाएका थिए । जहाँ आपत्त त्यहाँ वाइसियल नेपाल भन्ने कुरालाई विगतको समयदेखी प्रमाणित गर्दै आएको इतिहासलाई यसपटक पनि संकटको घडीमा वाइसियल नेपालको साथ भनेर प्रमाणित गरेका छन् । यसैक्रममा वाइसियल नेपाल केन्द्रिय अध्यक्षद्धारा गरिएको निर्देशन अनुसार ताप्लेजुङ जिल्ला कमिटि वाइसियल नेपालले महत्वपुर्ण भुमिका खेल्दै पिडितलाई आर्थिक सहयोग संकलन गर्दै हस्तान्तरण गर्न सक्षम जिल्लाको रुपमा प्रमाणि भएको हुनाले केन्द्रिय सचिव मिङ्मा शेर्पा, जिल्ला इन्चार्ज मुक्ति, नगर इन्चार्ज भारती तथा वडा अध्यक्ष जितेन चेम्जोङ धन्यवादका पात्र हुनुहन्छ । यस्तो सहारनिय कार्यलाई अन्य जिल्लाका वाइसियल नेपालका युवाहरुले अनुसरण गर्न जरुरीछ । जय युवा । जय वाइसियल नेपाल ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्