Logo

ओली सरकार प्रतिक्रियावादी सरकार हो : यसलाई ढाल्नैपर्छ-गोपाल किराती (भिडियो)


नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष गोपाल किरातीले केपी ओली सरकार कम्युनिस्ट सरकार नभई प्रतिक्रियावादी सरकार भएको बताएका छन् । ओली सरकार प्रतिक्रियावादी भएकै कारणले उसले विप्लव नेकपालाई प्रतिवन्ध लगाएर दमन गरेको भन्दैं यो सरकार चाँडै ढल्ने विश्लेषण गरे ।

निर्वाचनमा समाजवादको नारा दिएको संसदवादी नेकपा सरकारमा पुगेपछि त्यसले दलाल तथा नोकरशाही पुँजीवादमात्र अभ्यास गरेको, संविधानको धज्जी उडाउदै इण्डो प्यासिफिक कमाण्डमा संलग्नताले नेपाललाई युद्धग्रस्त अफगानिस्तान बनाउने हर्कत गरेको, सिके राउत सहमतिमा मधेश बिखण्डनलाई बैधानिकता दिएको, सुबिधालम्पट चरित्र प्रदर्शनसंगै भ्रष्टाचार तथा बेथिति बढाएर प्रतिक्रियावादी राजतन्त्र फर्काउने उद्योग गरिरहेको एवं विप्लव नेकपालाई असंबैधानिक प्रतिबन्ध लगाएर देशलाई हिंसात्मक युद्धमा धकेलेको छ ।

अतः यो सरकारबाट संबिधान प्रदत्त राष्ट्रिय स्वाधीनता र अखण्डता, आर्थिक–सामाजिक रुपान्तरण र सार्वभौम शान्ति किमार्थ सम्भव नरहेको वस्तुस्थिति प्रष्ट छ । अतः खड्ग ओली सरकारले तुरुन्त राजिनामा गरी विप्लव नेकपासंग वार्ता र राष्ट्रिय एवं जनहितको मार्ग प्रशस्त गर्न हाम्रो पार्टी विशेष आग्रह गर्छ ।

क्रान्तिकारी माओवादीको देशभक्त जनगणतान्त्रिक मोर्चाको प्रथम सम्मेलनलाई काठमाडौंमा संवोधन गर्दै किरातीले अहिलेको ओली सरकार चाँडै ढलाउनुपर्ने बताए । ओली सरकार ढलेर बन्ने नयाँ सरकारले मात्र विप्लव नेकपासँग वार्ताको वातावरण बन्न सक्ने भन्दैं ओली सरकारको विकल्प खोज्नुपर्ने बताए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्