राप्रपा अध्यक्ष कमल थापा गिरफ्तार

हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग राख्दै राप्रपाले सोमबार प्रदर्शनीमार्गमा प्रदर्शन गरेको थियो । दर्शनका क्रममा राप्रपाका नेता–कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल(राप्रपा नेपाल) नेपालको दक्षिणपन्थी राष्ट्रवादी(कोन्सेर्वतिवे पर्त्री ओफ नेपाल्)राजनीतिक दल हो। राप्रपा नेपालको स्थापना २०६३ पौष २६ गते काठमाडौंमा भएको हो । यसका अध्यक्ष कमल थापा हुन्। यस पार्टीको व्यवस्थापिका संसदमा एक मनोनित सहित २५ सिट रहेको थियो। यसको प्रधान कार्यालय राजधानीको धुम्बाराहीमा रहेको छ।
पालमा हिन्दु धर्म र राज संस्थाको पुर्नस्थापनाको माग राख्दै आन्दोलनमा उत्रेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई प्रहरीले गिरफ्तार गरेको छ । पुर्वघोषित आन्दोलनको क्रममा राप्रपा कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि पुतली सडकबाट अध्यक्ष थापालाई प्रहरीले गिरफ्तार गरेको हो । राप्रपाको प्रदर्शन पद्मोदय मोडमा आइपुग्दा प्रहरीले घोषणा गरेको निषेधित क्षेत्र प्रदर्शनकारीहरुले तोड्न खोजे पछि राप्रपा अध्यक्ष कमल थापा सहित राप्रपाका अन्य कार्यकताहरु प्नहरीले पक्राउ गरेकाे हाे।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल(राप्रपा नेपाल) संवैधानिक राजतन्त्र, हिन्दूराष्ट्र, अखण्ड नेपालको माग लिएर नेपाली राजनीतिमा क्रियाशिल छ, यसका अन्य नेताहरुमा उपाध्यक्ष राजिव पराजुली, उपाध्यक्ष टंक ढकाल, उपाध्यक्ष निरन्जन थापा, उपाध्यक्ष हरिनारायण यादब, महामन्त्री धवल सम्सेर राणा, महामन्त्री राजेन्द्र लिंग्देंन, प्रबक्ता राजाराम श्रेष्ठ, कोषाध्यक्ष उद्धव पौडेल लगायतका छन् । यस पार्टी हाल सत्ता गठबन्धनको मुख्य सहयात्री दल हो । यसका अध्यक्ष श्री कमल थापा वर्तमान सरकारको उपप्रधानमंत्री हुन्, त्यस्तै उहाँले परराष्ट्र मन्त्रालय र सङ्घीय मामिला तथा स्थानीय बिकाश मन्त्रालयको पनि जिम्मेवारी सम्हालिरहनु भएको छ । त्यस्तै यस पार्टीका केन्द्रिय सदस्य माननीय रामकुमार सुब्बाले भुमिसुधार तथा व्यवस्था मन्त्रालयको नेतृत्व गर्नु भएको छ।