Logo

नेकपाका युवा संगठनहरु विपत्तिको सारथी


-राजु बिक्रम चाम्लिङ

चैत्र १७ गते बेलुकाको विनाशकारी आँधीको कारण वारा र पर्सा जिल्लामा ३५ बढी मृत्यु र ५०० बढी घाइते भएका छन् । यस्तो आपतकालिन् अवस्थामा नेपाल कम्युनिष्ट पार्टीका युवा संगठनहरु र कार्यकर्ताहरु दिनरात राहत संकलन, वितरण, विपत्त व्यवस्थापन, आपतकालिन अस्थायी तहरा निर्माण लगायतमा व्यस्त रहेका छन् ।

युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलको नेतृत्वमा उक्त घटना स्थलमा आँधी आएको लगतै खटिरहनु भएका छन् । जसमा विपत्तिमा परेका परिवारहरुलाई चामल, लत्ताकपडा, आर्थिक लगायतका स्रोतहरु वितरण गरिरहेका छन् । साथै अस्थायी तहरा निर्माण कार्यमा समेत सघाउ पुर्याएका छन् । यसैगरी वाइसियल नेपालका अध्यक्ष राम प्रसाद शर्मा दिपशिखाको नेतृत्वमा पनि विपत्ति परिवारलाई राहत वितरण गर्दै आर्थिक तथा समग्रीहरु वितरण गरिरहेको छ । आपतकालिन समयमा युवा संगठनहरुको सहयोगले पिडित परिवारहरुमा मलमको काम भइरहेको छ ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्