बारा–पर्सा पिडितलाई वाइसियल प्रदेश १ बाट थप राहत
-राजु बिक्रम चाम्लिङ
चैत्र १७ गते बेलुकी आएको विनाशकारी आँधीले तराईको वारा र पर्सा जिल्लाहरुमा मानवीय क्षतिसँगै विपत्कालिन अवस्थामा स्थानिय समूदायहरु रहेका छन् । पिडित परिवारहरुमा बास, गाँस र कपास सबैको ज्याँदै आवश्यक परिरहेको छ । यसैक्रममा वाइसियल नेपालले जारी गरेको राहत सकलन वितरण कार्यक्रम निरन्तर चलिरहेको छ । जसमा प्रदेश नम्बर एकबाट प्रथम चरणको राहत वितरणमा ३ लाख बराबरको राहत सामग्रीहरु वितरण गरेको थियो । यसैगरी दोस्रो चरणमा प्रदेश एकले, वाइसियल नेपालको केन्द्रिय सचिवलाय सदस्य तथा धनकुटा जिल्ला इन्चार्ज बलदिप राईको टोलीले एकलाख बराबरको चामल लगाएतको सामग्री वितरण गरेको प्रदेश एक इन्चार्ज पुर्ण भुजेल (चिन्तन) ले बताउनु भयो ।
नेपाल विविधता भित्रको एकता तथा विविध जातजातिहरुको साँस्कृतिक एकता भएको देशमा प्राकृतिक रुपमा भए अनुसार कलासंस्कृति कर्मीहरुले संगित भरे जसरी पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ– आँधीआए तराईमा पहाडले छेक्नुपर्छ, हैन भने देशभक्ति छैन हाम्रो छातिभित्र–माटोलाई चोट लाग्दा–मुटुहरु दुख्नुपर्छ, भन्ने उक्तिलाई हामी नेपाली युवाहरुले कार्यान्वयन गर्नै पर्दछ । अन्यथा नेपाली माटो अनि नेपाल आमाले युवाहरुलाई धिर्कार्नेछ ।