सिक्किमको मुख्यमन्त्री पबन कुमार चाम्लिङको लोकप्रिय झन बढ्दो

नेपालामा सधै भारतले हेप्छ भन्ने भ्रम नेपालिको दिमाखमा छ तर भारतको एक राज्यमा नेपाली भाषीले २४ बर्षदेखि शासन गर्दै आएका छन् । भारतकै इतिहासमा सबैभन्दा लामो समयसम्म मुख्यमन्त्री हुने अवसर उनले पाएका छन् । यहाँ त्यस्ता मुख्यमन्त्रीको चर्चा गरिएको छ जसले लोकप्रियताको आधारमा बर्षौसम्म सत्ताको बागडोर समहालेका छन् ।
००४ जुलाई १३ देखि १५ सम्म “सिक्किम सम्मान सम्मिलन” को आयोजना गरेर नेपाली भाषीहरुलाई सम्मान गरेपछि उनको लोकप्रियता चुलिएको छ । त्यस्तैगरी भारतका १ करोड बीस लाखभन्दा बढी संख्यामा रहेका भारतीय नेपालीहरुलाई अल्पसंख्यक समुदायका रुपमा मान्यता दिलाउन पनि दिलोज्यानले लागिपरेका छन् । उनिको महाअभियानलाई आमभारतीय नेपालीले सकारात्मकरुपमा लिएका छन् भने अर्कोतिर उनलाई सिक्किमको मात्र नभएर समस्त भारतीय नेपालीका राजनेता पनि मान्ने गरिन्छ ।
चम्लिङको नेतृत्वमा सिक्किम आज देशकै पूर्ण साक्षर राज्य बन्यो। सिक्किममा एउटा सरकारी स्तरको केन्द्रीय विश्वविद्यालय छ। साथै, राज्य विश्वविद्यालय चाँड़ शुरु गर्ने घोषणा पनि भइसकेको छ। बेरोजगारी हटाउन समेत एक घर एक रोजगार कार्यक्रम ल्याएर थप चर्चा छन । एकै दिनमा २० हजार लाई रोजगारी घोषणा गरी ११ हजारलाई सफथ खुवाएका थिए । लोकप्रिय झन चुलिदो अवस्थामा रहेको छ । भारतको सिक्किम राज्यका मुख्यमन्त्री पवनकुमार चाम्लिङले शनिबार ‘एक परिवार, एक रोजगार’ योजना सुरु गरेका छन्। उक्त योजनाअन्तर्गत सरकारी रोजगारी नभएका प्रत्येक परिवारका एक व्यक्तिलाई रोजगार दिइनेछ।
उनीहरूको खेती र कृषि क्षेत्रमा लागेको सबै ऋण माफी गरिने घोषणा पनि गरिएको छ। भारतमा सबैभन्दा लामो समयसम्म मुख्यमन्त्री बनेका चाम्लिङले सिक्किमको पलजोर रंगशालामा आयोजित रोजगार मेला २०१९ मा यो योजना शुभारम्भ गरेका हुन्। यसका साथै उनले राज्यका ३२ विधानसभा क्षेत्रका दुई दुईजनालाई अस्थायी नियुक्तिपत्र दिएका थिए। चाम्लिङको सिक्किम डेमोक्र्याटिक फ्रन्ट सरकारले यसै योजनाअन्तर्गत केही दिनअघि २० हजार युवालाई तत्काल अस्थायी नोकरी दिने घोषणा गरेको थियो। कार्यक्रमको औपचारिक शुभारम्भपछि सरकारी अधिकारीले सबै नियुक्तिपत्र वितरण गरेका थिए।
पबन कुमार चाम्लिङ को हुन ?
पवन कुमार चाम्लिङ एक भारतीय राजनीतिज्ञ हुन । पवन कुमार चाम्लिङ भारतीय राज्य सिक्किमको मुख्यमन्त्री हुनुहुन्छ। १२ डिसेम्बर सन् १९९४ मा पहिलो पटक मुख्यमन्त्रीको सपथ लिएका उनी अहिले पनि त्यही पदमा बहाल छन् । सिक्किमका मुख्यमन्त्री पवनकुमार चाम्लिङ २४ बर्षदेखि कार्यकाल सम्हालदै आएका छन् । ३२ वर्षको उमेरदेखि राजनीतिमा पाइला हालेका चामलिङ सिक्किम डेमोक्रेटिक फ्रंटको संस्थापक अध्यक्ष हो । नेपालीमूलका सिक्किम निवासी मूख्यमन्त्री पवनकुमार चाम्लिङ सबैभन्दा बढी समय मूख्यमन्त्री बन्ने नेता बनेका छन् । २२ सेप्टेम्बर १९५० मा जन्मिएका उनी नरबहादुर भण्डारीको मन्त्रीमण्डलमा १९८९ देखि १९९२ सम्म उद्योग एवम् जनसम्पर्क मन्त्रीको भूमिकामा थिए । तर उनले १९९३ मा सिक्किम डेमोक्रेटिक फ्रन्ट दर्ता गर्दै सिक्किमको राजनीतिमा नयाँ तरंग पैदा गरेका थिए ।